नागरिक सुरक्षा सतर्कता अभियान दिबसको अबसरमा पोखरामा कार्यक्रम


YYY
गोकुल बानियाँ, पोखरा,

नागरिक सुरक्षा सम्बन्धि जनचेतना अभिबृद्धी गरी जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउने उद्देश्यसहित नेपालमा पहिलोपटक नागरिक सुरक्षा एबं जनचेतना अभियान दिबस आज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । दिबसको अबसरमा आज बिबिध कार्यक्रमको आयोजना गर्न गृहमन्त्रालयले माताहातका क्षेत्र एबं जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको थियो । नागरिक सुरक्षा, सरोकारको विषयमा विद्यमान पूर्वाधार तथा रणनीति र सचेतनाको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारले यसै वर्षदेखि नागरिक सुरक्षा दिवस मनाउन सुरु गरेको हो । पोखरामा आज प्रभातफेरि , झाकी प्रंदर्शनी, सवारीसाधनमा स्टिकर एबं पुस्तिका बितरण र डकुमेन्ट्री प्रदर्शनी लगायतका कार्यक्रम सम्पन्न भएको छ ।

आज बिहान पोखराको पृथ्बीचोकबाट निस्केको प्रभातफेरि सभागृहमा आएर कोण सभामा परिणत भएको थियो । ¥यालीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, सामुदायिक प्रहरी तथा बिभिन्न सरकारी कार्यलयका प्रमुख र सर्बसाधारण नागरिकको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल निमिक्त क्षेत्रिय प्रशासक शिबहरी उपाध्ययले जनताको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै समाजमा हुने आपराधिक घटना न्युनिकरणको लागि नागरिक आफै सचेत हुनुपर्ने बताउनुभयो । सुरक्षा निकाय एक्लैले पुर्ब सुरक्षाको अनुभुति दिलाउन गाह्रो पर्ने अबस्थामा सुरक्षा सचेतना अभियानले नागरिक सुरक्षा सम्बन्धि सचेतना फैलने उहाको भनाई थियो । सोही अबसरमा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरराज रेग्मीले नागरिक सुरक्षा एबं जनचेतना अभियान मार्फत नागरिकलाई पुर्ब सुरक्षाका उपाय अपनाउन आग्रह गरिएको बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]