विवादास्पद प्यालेस्टाईन प्रस्तावमा नेपालले सर्मथन गर्ने


YYY
दिनेशजंग शाह

न्युयोर्क, आश्विन ५ -
सयुक्त राष्ट्र संघको ६६ औं महासभामा प्रस्ताव हुने गईरहेको प्यालेस्टाईनलाई देशको मान्यता दिईयोस भन्ने विवादास्पद प्रस्तावमा नेपालले सर्मथन गर्ने भएको छ । शुक्रबार प्यालेस्टाईनले राष्ट्रसघीय महासभामा आफुलाई देशको मान्यता दिईयोस भन्ने प्रस्ताव दर्ता गर्दैछ । जुन यसपटकको महासभामा सबैभन्दा चर्चित एवम विवादास्पद बिषय रहेको छ । प्यालेस्टाईनको प्रस्तावप्रति इजरायल सहित अमेरिका र केहि युरोपलेली राष्ट्रहरुले कडा आपत्ती जनाउदै आएका छन् । उनीहरुले झण्डै ६ दशक भन्दा लामो समय देखि स्वतन्त्र राज्यको लागि संर्घषरत प्यालेस्टाईनको सो प्रस्तावलाई महासभामा नल्याउन लबिङ गरिरहेका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईले विगत लामो समय देखि स्वतन्त्रताको लडाई लडिरहेको प्यालेस्टाईन को पक्षमा नेपाल रहेको उल्लेख गरे । बुधबार राष्ट्रसंघीय नेपाली मिसनको कार्यकक्षमा पत्रकारहरु कुरागर्दै प्रस्तावमा भोटिङ भए, नेपालले पक्षमा भोटिङ गर्ने प्रधानमन्त्री भट्टराईको भनाई थियो । महासभामा सो प्रस्ताव आए, राष्ट्र संघका झण्डै दुईतिहाई भन्दा बढी सदस्य राष्ट्रहरुले प्यालेस्टाईन सर्मथन गर्ने संभावना रहेको बताईएको छ । जस्ले इजरालय लगायत उसका पक्षधरहरु अमेरिका र केहि युरोपेली राष्ट्रहरु माथि माथि नैतिक दबाब बढने बिश्लेषकहरु बताउँछन् । झण्डै एक बर्षदेखि इजरायल र प्यालेस्टाईनको वार्ता अवरुद्व छ । प्यालेस्टाईनले आफनो स्वतन्त्रताका लागि आफु सँग अब यो अन्तिम विकल्प रहेको जनाउदै आएको छ ।



बुधबार राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्यालेस्टाईनको प्रस्तावले मध्यपुर्वको शान्ति प्रक्रियालाई संकटमा पुर्‍याउने चेतावनी दिएका थिए । आफु स्वतन्त्र प्यालेस्टाईन मुलुकको पक्षपाती रहेको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति ओबामाले राष्ट्रसंघीय महासभाको प्रस्ताव भन्दा आपसी वार्ताबाट प्यालेस्टाईन र इजरायलको भुमि समस्या सुल्झाउने पर्ने बताएका थिए । ओमाबाले प्यालेस्टाईनको सो प्रस्ताव आए अमेरिकाले सुरक्षा परिषदको भिटो प्रयोग गरेर रोक्ने चेतावनी दिएका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]