धादिङमा भएको ट्रक दुर्घटनामा चारको मृत्यु


YYY
१८ भदौ, काठमाडौं । धादिङको कल्लेरीमा भएको ट्रक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । करिव १० जना घाइते भएका छन् ।

कल्लेरीबाट ग्रामिण भेग खाल्टेतर्फ जाँदै गरेको ना १ ज ३३८ नम्बरको मिनिटाटा कल्लेरी १ रामकुवा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बलबहादुर बोगटीले जानकारी दिनुभयो ।

मृतकहरुको पहिचान हुन सकेको छैन । अहिले स्थानियवासी र प्रहरी उद्धारमा जुटेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]