राजधानी भित्रँदै र छाड्दै गरेका दुई बस दुर्घटनामा


YYY
रामेश्‍वर कार्की, धादिङ, भदौ ३१ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको भुमिस्थान ८ एकलेफाँटमा विपरित दिशाबाट गइरहेका दुई यात्रुबाहक बस जुध्दा १२ बढी यात्रु घाइते भएका छन्।

काकडभिट्टाबाट काठमाडौं आइरहेको ना ४ ख ३७५६ नम्बरको बस र काठमाडौंबाट उदयपुरको गाईघाट गइरहेको ना ३ ख ७८९० बस एक आपसमा ठोकिएका थिए। दुबै बसका चालक गम्भिर घाइते भएका छन्। दुबैलाई चेपिएको अवस्थामा उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। घाइते यात्रुलाई पनि उपचारका लागि काठमाडौं पठाइएको छ। दुर्घटनाका कारण बाटो एकातर्फीमात्र संचालमा आउन सकेको छ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]