कोलोराडोमा ९८ औं विपी जयन्ती मनाइयो


YYY
कोलोराडो, अमेरिका - नेपाली जनसम्पर्क समिती अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा महामानव विपी कोइरालाको ९८ औं जन्मजयन्ती Thunderbird Circle Tablemesa मा भव्य समारोह बिच मनाइयो । उक्त कार्यक्रम च्याप्टरका कार्यबाहक सभापति श्री गणेशराज भण्डारीको अध्यक्षतामा भएको थियो । ज्ञात अज्ञात शहीद प्रति एक मिनट मौनधारण गरि शुरु गरिएको उक्त कार्यक्रममा विपीको तस्बिरमा फुलमाला अर्पण गरीएको थियो । विपीको जीवनी बारेमा संक्षिप्त जानकारी च्याप्टरका महासचिब श्री विनोद गौलीले गराउनु भएको थियो ।

नेपाली जनसम्पर्क समिती अमेरिकाका केन्द्रिय सदस्य श्री धर्मराज श्रेष्ठले वि पी एक सच्चा प्रजातन्त्रबादी, देश भक्त, इमान्दार, कुशल नेत्रित्वदाइ व्यक्तित्व हुनुन्थ्यो भन्नुभयो । नेपालमा उहाँको दर्शन अनुसार चल्न सकेको भए आज देशले यस्तो दुर्गाती भोग्नु पर्दैन थियो भन्नुभयो । नेपाली कांग्रेसका नेताहरुलाई विपीको सिद्दान्त अनुसार चल्न समेत श्रेष्ठले आग्रह गर्नु भयो |


पुर्व संयोजक एवम् केन्द्रिय प्रतिनिधि जगन्नाथ गौतमले विपी एक शाहसिक युग पुरुष हुनुहुन्थ्यो भन्दै उहाँ एक अन्तरराष्ट्रिय समाजवादी आन्दोलनका नेता हुनुहुन्थ्यो भन्नुभयो । किसानको तस्बिर हेरेर योजना बनाउनु पर्छ भन्ने विपीको सिद्धान्तलाई पालना गर्न नसक्दा, देश अहिले अशान्तीको चपेटामा परीरहेको छ भन्नुभयो।



पूर्व सल्लाहकार एवम् केन्द्रिय प्रतिनिधि बुद्धी प्रसाद लमिछाने ले विपीको बहुआयामिक ब्यक्तित्व को बारेमा प्रकाश पार्दै बि पी एक सफल राज नेता एबम साहित्यका सिखर पुरुस हुनुहुन्थ्यो भन्दै साम्यबादमा प्रजातन्त्र थपिदियो भने प्रजातान्त्रिक समाजबाद हुन्छ भनेर विपीले प्रजातान्त्रिक समाजबादको व्याख्या गर्नेगरेको कुरालाई स्मरण गर्नुभएको थियो। उहाँ राष्ट्रवादी हुनुहुन्थ्यो भन्दै राष्ट्रियताको निम्ती चाइना र भारतसँग समेत टक्कर लिनुभएको कुरा जानकारी गराउनु भएको थियो । रक्की माउनटेन फ्रेन्डशिप अफ नेपालका अध्यक्ष्य श्री सुरेन्द्र श्रेष्ठले उहाँ समाजवादी चिन्तक, प्रजातन्त्रका पहरेदार तथा साहित्यिक व्यक्तित्व हुनुहुन्थ्यो भन्दै श्रदाञ्जली मन्तव्य दिनुभएको थियो।


यसै गरी च्याप्टरका सदस्य एवम् केन्द्रिय प्रतिनिधि श्रीमती महालक्ष्मी शर्मा, श्री जगदीश्वर श्रेष्ठ, श्रीमती नीरा गौतमले मन्तव्य व्यक्त गर्दै विपी दूर्दर्शी राजनेता हुनुहुन्थ्यो भन्दै विपी कोइरालाको प्रजातान्त्रिक समाजवाद मध्यमबाट नै देश विकास हुन सक्छ भन्ने धारणा व्यक्त गर्नुभएको थियो। हाल कोलोराडो बाहिर रहनुभएका सभापति श्री विश्व नाथ भण्डारीले समेत फोन मार्फत महामानव विपी कोइराला प्रजातान्त्रिक समाजवादका व्याक्ख्यता हुनुहुन्थ्यो भन्दै श्रदाञ्जली व्यक्त गर्नुभएको थियो।

समापन मन्तव्य व्यक्त गर्दै सभापतिको आसनबाट कार्यबाहक सभापति श्री गणेशराज भण्डारीले महामानव विपी कोइराला एक व्यक्ति भए पनि उहाँ भित्र तीन वटा व्यक्तित्व निहित रहेको कुरा व्यक्त गर्दै विपीका ति तीन व्यक्तित्वको बारेमा प्रकाश पार्नु भएको थियो। पहिलो दार्शनिक व्यक्तित्व जसले प्रजातान्त्रिक समाजवादको दर्शन दियो, दोश्रो राजनैतीक व्यक्तित्व जसले राणा शासनको अन्त्य र प्रजातन्त्रको लागि योगदान दियो र तेस्रो साहित्यिक व्यक्तित्व जसले नेपाली साहित्यमा नौलो मनोवैज्ञानीक धारको सुत्रपात गर्दै साहित्यिक नेतृत्व गर्न सक्यो भन्नुभयो ।


विपीको मेलमिलापको निती र प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई अनुसरण गर्न सके शान्ती प्रकिया टुङ्गोमा पुग्ने र देशको विकास हुनेथियो भन्दै कार्यक्रममा उपस्थीत अथीती लगायत सम्पूर्ण महानुभावहरुलाई आभार प्रकट गर्नु भएको थियो। कार्यक्रम सञ्चालन च्याप्टरका महासचिब श्री विनोद गौलीले गर्नु भएको थियो।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]