एसएलसी पुरक परीक्षाफल प्रकाशित


YYY
यस वर्षको एसएलसी पुरक परीक्षाफल प्रकाशित भएको छ । परिक्षामा कुल विद्यार्थीको ६३ दशमलव ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार ७७ हजार ८ सय ८३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।


साउन २३ गतेदेखि ३० गतेसम्म भएको एसएलसी पुरक परीक्षामा एक लाख २२ हजार ४ सय ७३ जना विद्यार्थी सहभागी थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार सबै भन्दा भन्दा बढी अनिवार्य गणित बिषयमा ६४ हजार ५ सय १७ जना र अंग्रेजीमा ५२ हजार ७ सय ४३ जनाले परीक्षा दिएका थिए । २७ विषयका लागि २ सय २३ परीक्षा केन्द्र तोकिएको थियो ।



परीक्षाफल नेपाल टेलिकमको १६०० नम्बर डायल गरी सुन्न सकिने छ भनेwww.slcresult.soce.gov.np,www.doe.gov.npwww.moe.gov.np मा हेर्न सकिनेछ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]