एनआरएन महासचिवमा अमेरिकाबाट महिला उम्मेदवारी


YYY
न्युयोर्क, आश्विन १६,

गैरआवसीय नेपाली (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदको महासचिव पदका लागि बोस्टन, अमेरिकाबाट विष्णुमाया परियारले उम्मेदवारी दिएकी छन् । एनआरएन, अमेरिकाको बोर्ड निर्देशकमा रहेकी परियारले आफना उम्मेदवारीलाई गैरआवसीय नेपालीका लागि दोहोरो नागरिकताको शसक्त कार्यान्वयन र लगानी लगायतका विविध पक्षबाट मातृभुमि निमार्ण पक्षको मुद्वा सँग जोडेकी छिन् ।

गैरआवसीय नेपाली (एनआरएन)को पाँचौं विश्व सम्मेलन काठमाडौं असोज २५ गते सुरु हुन गइरहेको छ । एनआरएनलाई शसक्त रुपमा नयाँ ढङग्ले अगाडी बढाउनु पर्छ भन्ने मान्यतालाई मेरो उम्मेदवारीले प्रतिनिधित्व गर्छ । त्यसमा पनि एनआरएनमा महिलाहरुको सशक्त सहभागिता हुनुपर्छ ।' झण्डै आठ बर्षअघि बृदा बन, एनआरएनका उपाध्यक्ष भएको पृष्ठभूमिमा त्यसपछि अन्य महिला महत्वपुर्ण पदमा पुग्न सकेका छैनन् । अन्तर्राष्ट्रिय विकाश र सामाजिक परिवर्तन सम्बन्धी बिषयमा उच्च शिक्षा हासिल गरेकी परियार अमेरिकाका रहेर नेपाली दलित महिला र बालबालिका विकाशको क्षेत्रमा लागि क्रियाशील छन् । त्यसगरि स्वास्थ्य क्षेत्रमा उनी सक्रिय छन् ।

नेपाली दलित महिला सशक्तिकरणको सामाजिक संस्था ईडवानको संस्थापक अध्यक्ष रहेकी परियारले बोस्टनमा स्थापित गरिएको नेपाली दलित महिलाको उत्थान सम्बन्धी संस्था एडवान मार्फत नेपालमा पाँच लाख भन्दा बढी अमेरिकी डलर भित्रयाइसकेको बताईन् । टेलिफोन सम्पर्कमा परियारले भनिन्,' यसबाट पच्चीस सय महिला र तीन हजार बालबालिकाहरु प्रत्यक्ष लाभान्वित भएका छन् । एनआरएनको नेतृत्व मार्फत विदेशका हरेक क्षेत्रबाट नेपालका हरेक क्षेत्रमा लगानी र सहयोग लान सकिन्छ भन्ने मेरो मान्यता हो ।'
नेपाली वास्तुकलालाई बजार दिने बिषयमा एनआरएनको भुमिकालाई सशक्त बनाउनुपर्ने उनको एजेण्डा छ । त्यसैगरी, विदेशमा रहेका नेपालीहरुका लागि समस्या बारे जानकारी र समाधानका लागि काठमाडौंमा हटलाईनको व्यवस्था हुनुपर्ने परियारका उम्मेदवारीमा उल्लेख गरिएको छ । एनआरएनको नेतृत्व अब दोस्रो पुस्तामा हस्तान्तरण हुनु समयको माग रहेको बताउने मूल घर गोरखा भएकी परियारले आफ्नो उम्मेदवारीलाई उत्तर अमेरिका लगायत विश्वका अन्य क्षेत्रबाट सर्मथन र सदभाव रहेको उल्लेख गरिन् ।

बोस्टनबाट प्रकाशित हुने प्रवासी पाक्षिक पत्रिका नेपाली खबरका सम्पादक उत्तमबाबु श्रेष्ठले अमेरिकामा रहेर नेपालको समाजसेवामा परियारको योगदान सराहनीय रहेको बताउँदै भने,' महिला र बालबालिका केन्दि्रत भुमिकाबाट माथि उठन सके परियारको उम्मेदवारी बृहत र सशक्त हुनेछ् ।'- दिनेशजंग शाह

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]