राजधानीको मिर्मिरे एफ एममा तालाबन्दी


YYY
नेपाल पत्रकार महासंघ मिर्मिरे शाखामा आवद्ध श्रमजिवि पत्रकारहरुले राजधानीको मिर्मिरे एफ एममा तालाबन्दी गरेका छन् । रेडियोको ब्यवस्थापन पक्षले पत्रकारलाई आफ्नो अनुकुल समाचार लेख्न बाध्य बनाउने मजदुरहरुलाई अनावश्यक रुपमा मानसिक तनाव दिने र तलब नदिने गरेका कारण तालाबन्दी गरिएको बताइएको छ ।

पत्रकार महासंघ मिर्मिरे शाखाका अध्यक्ष श्रीधर न्यौपानेले विज्ञप्ती निकालेर रेडियो मिरिमिरेमा तालाबन्दी गरिएको जानकारी दिनुभयो । श्रमजिवी पत्रकारको पक्षमा कुरा गरेकै आधारमा पत्रकारहरुलाई निश्काशन गरिएको ब्यवस्थापन पक्षको दवाव अस्विकार गर्दा समाचार सम्पादक रामकृष्ण शर्मालाई निश्काशन गरेको श्रीधर न्यौपाने र विनोद घिमिरेलाई रेडियो छोड्न बाध्य बनाएको तथा कार्यक्रम संयोजक कल्पना विसुराल र रिपोर्टिङ शाखा प्रमुख बबिन शर्मालाई गत माघदेखि तलब नदिएको विज्ञप्तीमा लेखिएको छ ।

राजनीतिक परिस्थितिसँग जोडेर आफ्नो अनुकुल बाहेकका समाचार प्रसारण गर्न नदिने प्रत्यक्ष कार्यक्रम चलिरहेका बेला विचैमा फोन लाइन काटिदिने साचार प्रतिष्ठानमा कार्यरत श्रमजिविहरुलाई दशैं पेश्की समेत नदिने लगायतका अन्याय गरेकोले आफुहरु आन्दोलत हुन बाध्य भएको महासंघको विज्ञप्तीमा लेखिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]