भिरकोट आठथर तमु समाज स्याङ्जा हङकङको भेटघाट कार्यक्रम (रोधीं) सम्पन्न


YYY
मुक काजी गुरुङ्, हङकङ -

१ अक्टोबर २०११ का दिन हङकङको दोस्रो उचाईमा अवस्थित टाईमोसन कन्ट्रीपार्कमा भिरकोट आठथर तमु समाजले दशैंतिहारको अवसर पारेर सधैंको बर्ष झैं यस बर्ष पनि गाउँले भेटघाट कार्यक्रमको आयोजना गरी भब्यताका साथ सम्पन्न गरेको छ। समाजका चेलीबेटी तथा दिदीबहिनीहरुद्वारा कार्यक्रम स्थलमा नै तयार पारिएको यस भिरकोट आठथर क्षेत्रमा अति नै प्रचलित प्लप्ला क्यें(रोटी)र युवाहरुको सक्रियतामा तयार पारिएको खसीको भुटुवा र मासु पनि सोहि स्थानमा नै पकाइएको थियो भने दिदीबहिनीहरुले बिभिन्न थरीका अचारहरु पनि बन्दोबस्त गरेका थिए। अन्य खानाका परिकारहरुमा बिबिक्यु साथै बिभिन्न प्रकारका मौलिक टिपिकल खानाहरु पनि थिए। कार्यक्रम स्थलमा मध्यान्हको १२ बजे देखि नै गाउँलेहरुको आगमन शुरु भई सकेको थियो भने आउने क्रम बेलुका ९ बजे सम्म पनि जारी नै थियो।

यस पटकको नयाँ प्रस्तुतीको रुपमा अधिकांश युवाहरुले समाजको नाम अंकित टिसर्ट लगाएका थिए भने दिदीबहिनीहरुले आफ्नो जातिया परम्परा झल्किने खालका पहिरनमा बिभिन्न प्रकारका गरगहना सहित सजिएर आएका थिए। जसबाट देख्ने जो कोहिलाई पनि आफ्नो जातिया कार्यक्रम भएको महशुस हुन्थ्यो।

कार्यक्रम स्थलमा उपस्थितजनहरुको बाक्लो उपस्थितिले हङकङ जस्तो ब्यस्त जिवनको ब्यस्त शहरमा आफ्नो गाउँठाउँ, साथीभाइ तथा आफ्नो समाजको कति प्यारो, महत्व हुँदो रहेछ भन्ने कुरालाई प्रमाणित गरेको छ भने उपस्थित गाउंलेहरु एक आपसमा बिजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्नामा ब्यस्त देखिन्थ्यो। यसै गरी प्राय जसो फोनकै भरमा कुराकानी हुने गाउँले गाउँलेनीहरु त्यस दिनको प्रत्यक्ष भेटमा हांसीहांसी, रमाई रमाई दुखसुखका कुराहरु साटासाट गर्दै कार्यक्रम स्थलमा तयार पारिएका टिपिकल खानाका परिकारहरुको पनि स्वाद लिई रहेका थिए। हरेक बर्ष झैं यस बर्ष पनि कार्यक्रमलाई ३ भागमा बिभाजन गरिएको थियो। बिविध, औपचारिक र सांस्कृतिक।

समयले कोल्टे फेरे झैं बिविध कार्यक्रम अन्तर्गत कार्यक्रम स्थलमा नै तयार पारिएका बिभिन्न प्रकारका मौलिक टिपिकल खानाका परिकारहरु र बिबिक्युका परिकारहरु लगभग खाई सके पछि भने औपचारिक कार्यक्रमको लागि उपस्थितजनहरु सबैलाई ध्यानार्कषण गराइएको थियो। जस अनुसार समाजका अध्यक्ष मन बहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न सो औपचारिक कार्यक्रमलाई समाजकै सचिव गुरुङ्ले सञ्चालन गरेका थिए र कार्यक्रम सञ्चालन गर्ने क्रममा सचिव चौ गुरुङ्ले गुरुङ्हरुको संस्कृतिको धरोहरको रुपमा "रोधीं" लाई लिन सकिने तर्क ब्यक्त गरे भने सम्पूर्ण जनमानस समक्ष रोधींलाई चिनाउंनको लागि पनि "रोधीं" नामकरण गरिएको बताए। वास्तवमा रोधीं भनेको युवायुवतीहरु रम्ने, नाच्ने, गाउँने ठाउँ मात्रै नभएर एउटा बृद्द देखि युवायुवती, केटाकेटीहरु सबैको लागि दुखसुख साट्ने थलो अर्थ लागोस भन्ने उद्धेश्यले नै हङकङको यो प्रवासी भूमिमा "रोधीं" नाम दिएको बताउँछन्।

समाजका सल्लाहकार तथा मेरो स्याङ्जा डट कम साथै तमु प्ये ल्हु संघ हङकङका मिडिया प्रवक्त र नेप्स टाइम डट कमका सदस्य मुक काजी गुरुङ् (स्वयं) को स्वागत भाषण तथा मन्तब्य रहेको कार्यक्रममा छिमेकी अकला देवी गाबिसका अध्यक्ष भान बिर गुरुङ्लाई पनि अतिथ्या प्रदान गरिएको थियो भने शुभकामना मन्तब्य गर्ने क्रममा वहाँले आजको यस भिरकोट आठथर समाजको भेटघाट कार्यक्रममा आफुलाई पनि अतिथिको रुपमा र समाजलाई पनि निमन्त्रण गर्नु भएकोमा आफ्नो ब्यक्तिगत तथा अकला देवी समाजको तर्फबाट धन्यवाद ब्यक्त गर्दै नेपालीहरुको महान पर्व बिजया दशमीको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना पनि ब्यक्त गर्नु भएको थियो र प्रवासको यो ठाउँमा हामी छिमेकी दुई गाबिसको बिच सु-मधुर सम्बन्ध रहि रहनेछ भने एक आपसमा भाइचारा सम्बन्धको पनि कायम गर्दै जानु पर्नेमा जोड दिनु भएको थियो र शुभकामना मन्तब्य ब्यक्त गर्ने क्रममा आमा पार्टीको तर्फबाट श्रीमती नुन माया गुरुङ्ले सबैको मन छुने किसिमका भावनाहरु र बिजया दशमीको पनि शुभकामना ब्यक्त गर्दै नमरे बाँचे कालले साँचे अर्को कार्यक्रममा भेट्ने बाचा राख्दै आफ्नो मन्तब्य टुङ्याएकी थिईन।

यसै क्रममा कार्यक्रमलाई थप सहज तथा सुलभ तरीकाले सम्पन्न गराउने अभिप्रायले समाजकै सल्लाहकारहरु मोहन(टिला)ले हङकङ डलर ३८०० र देव गुरुङ्ले हङकङ डलर ३२०० आर्थिक सहयोग गर्नु भएको थियो र समाजले वहाँहरुको समाज प्रतिको यस किसिमको सहयोग अनि कामको मूल्याङ्कन गर्दै यसै कार्यक्रम मार्फत समाजका अध्यक्ष मन बहादुर गुरुङ्द्वारा वहाँहरुलाई खादा लगाई फूलको गुच्छाले सम्मान गरियो।

औपचारिक कार्यक्रमको अन्तमा भने अध्यक्ष मन बहादुर गुरुङ्ले उपस्थित सबैलाई सम्बोद्धन गर्दै आजको यस भिरकोट आठथर तमु समाजद्वारा आयोजित गाउंले भेटघाट कार्यक्रममा उपस्थित सम्पूर्ण गाउँले दाजुभाइ तथा ईष्टमित्रहरुले आफ्नो कामलाई थाती राखेर कार्यक्रमलाई भब्यताका साथ सफल बनाउँने अभिप्रायले उपस्थित जनाई दिनु भएकोमा आफ्नो भित्रि हिर्दय देखि साथै समाजको तर्फबाट पनि धन्यवाद ब्यक्त गर्नु भएको थियो भने हाम्रो निम्तोलाई सहर्ष स्वीकार गरेर पाल्नु भएका छिमेकी अकलादेवी समाजका मित्रहरुलाई पनि धन्यवाद ब्यक्त गर्नु भएको थियो र नेपालीहरुको महान पर्व बिजया दशमीको पावन अवसरमा पनि उपस्थितजनहरुलाई शुभकामना ब्यक्त गर्दै औपचारिक कार्यक्रम अन्त भएको घोषणा गर्नु भएको थियो।


यसरी औपचारिक कार्यक्रमको अन्त पछि भने सांस्कृतिक कार्यक्रमको लागि डिजे मेन गुरुङ्ले नृत्यकारहरुको चाहना बमोजिमका गीतहरु घन्काई दिएका थिए। हङकङको परिवेशमा तमु प्ये ल्हु संघ हङकङको सांस्कृतिक कार्यक्रम देखि लिएर फियोना हङकङद्वारा आयोजित दशैंतिहार कार्यक्रममा आफ्नो भब्य प्रदर्शन गरि सकेकी र हालै स्थापित तमु सांस्कृतिक परिवार हङकङमा आवद्द भई भारतीय गोर्खा भूपू सैनिक संघ हङकङद्वारा आयोजित प्रथम भिसी स्मृति सांझ-२०११ मा पनि आफ्नो बेजोड प्रस्तुती पस्कि सक्नु भएका समाजकै अध्यक्ष मन बहादुर गुरुङ्का दुई सुपुत्रीहरु दिपा र दिक्षा गुरुङको पहिलो प्रस्तुतीबाट शुरु भएको सांस्कृतिक कार्यक्रम अन्तत: सबै जनाले आ-आफ्नो प्रस्तुती पस्कने अवसर पनि पाए। नाच्न नजानेकाहरुलाई पनि तानेर नचाए। यसै प्रकारले समयले साथ दिंदा सम्म सबै जनाले भरपूर मनोरञ्जन लिए भने समय त हो, लगभग मध्य रातको अवधिलाई पनि नांघेर दुई घण्टा अगाडि गई सकेको हुँदा सबै जनाले कार्यक्रमलाई बिदा दिनु पर्ने प्रस्ताव राख्दै अब नजिकै आई रहेको चिनिया नयां बर्षको कार्यक्रममा भेट्ने वाचा सहित कार्यक्रम समापन भएको थियो।



मुक काजी गुरुङ्

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]