विद्युतको तार चुडिएर दुईको मृत्यु, कम्तीमा ६ घाइते


YYY
लक्ष्मी साह - निजगढ, आश्विन २०,

बाराको डुमरवाना गाविस वडा ६ मा शुक्रवार विहान साढे ८ बजे विद्युतको तार चुडिएर करेन्ट प्रवाहित हुँदा दुई जनाको मृत्यु भएको छ । दुई नाबालक सहित कम्तीमा ६ जना घाइते भएका छन् । उपचारका लागि वीरगंज स्थित नारायणी उप-क्षेत्रीय अस्पतालमा लैजाँदै गर्दा स्थानीय ४४ वर्षीया जानुका खड्का र २८ वर्षीय गोपी लामिछानेको मृत्यु भएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अंगुर जिसीले बताए ।

उनका अनुसार ११ वर्षीय गणेश चौधरी, १४ वर्षीया कमला बल्ल, कृष्ण बल्ल लगायतका घाइते भएका छन् । उनीहरुको गम्भीर अवस्थामा वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुलाई प्रहरी र स्थानीय बासन्दिाले उद्धार गरेका थिए । स्थानीय बासिन्दा विदुर खड्काका अनुसार पुर्व-पश्चिम तानिएको ११ हजार भोल्टको तार चुडिएर गाउँको सामुदायिक विद्युतको पोलको तारमा झर्दा गाउँभर नै ओभर लोड करेन्ट प्रवाह भएर घटना भएको हो । एक दर्जन भन्दा बढी घरमा जडान गरिएको मिटरमा आगजनी भएर क्षति भएको छ । घटनाले स्थानीयबासिन्दाहरु त्रासमा छन् । त्यहाँ विहानैदेखि विद्युतको लाईन काटिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]