अन्तराष्ट्रिय गोजुरियो कराते डो केन्वाकाई प्रतियोगितामा नेपाललाई चार स्वर्ण


YYY
कार्तिक ७ एजेन्सी । मित्रराष्ट्र श्रीलंकामा आयोजित अन्तराष्ट्रिय गोजुरियो कराते डो केन्वाकाई प्रतियोगितामा नेपालले चार स्वर्ण र एक कास्य पदक हासिल गरेको छ । कार्तिक ५ र ६ गते भएको उक्त प्रतियोगितामा नेपालका सोनु थापाले १२ बर्ष उमेर समूहको ४५ केजी तौलमा कुमुते र कातामा गरी २ स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् ।






यस्तै ५५ केजी तौल समूहमा सुमन तिमल्सिनाले कुमुतेमा स्वर्ण र कातामा कास्य पदक र ६० केजी तौलमा पुरुषोत्तम अधिकारीले कुमुतेमा स्वर्ण पदक हात पार्न सफल भएको जापान गोजु–रियो कराते–डो केन्वाकाई नेपाल संघका सचिव राकेश श्रेष्ठले जनाएका छन् । संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक विसान सिंह खड्काको नेतृत्वमा ३ खेलाडी सहित ४ जनाको टोली श्रीलंका प्रस्थान गरेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]