वालस्ट्रिट बचाउने ओबामाको रोजगारी प्रस्ताव अस्वीकृत


YYY
बेरोजगारहरूले ‘वालस्टि्रट कब्जा गरौं’ भन्ने नारासहित जीवनस्तर सुधारका लागि आन्दोलन गरिरहेका बेला अमेरिकी राष्ट्रपति बाराक ओवामाले रोजगारी बढाउन ल्याएको प्रस्तावलाई त्यहाँको सदन सिनेटले खारेज गरिदिएको छ । शिक्षक, प्रहरी र आपतकालीन कामदारका लागि अवसर सिर्जना गर्न धनी जनतालाई थप कर लगाउन गरिएको प्रस्तावमा पर्याप्त मत नपरेपछि अस्वीकृत भएको हो ।
सिनेटमा ५० जनाले यसको पक्ष र ५० ले विपक्षमा मतदान गरेका थिए । यो पारित हुने ६० भोट आवश्यक पर्छ । राष्ट्रपतिको ४ खर्ब ४७ अर्ब अमेरिकी डलरको आर्थिक विकास कार्यक्रमअन्र्तगत यो योजना ल्याउन लागिएको थियो । यसअघि पनि सिनेटबाट यो कार्यक्रम पास हुन सकेको थिएन । त्यसपछि राष्ट्रपतिले त्यसमा रहेको कार्यक्रमलाई छुट्टाछुट्टै रूपमा सिनेटमा लगेका थिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]