जनकपुरमा दुर्गा प्रतिमाको नेत्र खोलियो


YYY
जनकपुर, आश्विन १६,

वडा दशैंको छैठो दिन सोमवार फूलपाती सम्पन्न भएको छ । आश्विन शुक्ल षष्टीको दिन निम्तो दिई आएको जोडा बेल फलसहित फूलपात टिपेर शक्तिपीठहरुमा भित्र्याउँने परम्परा छ । जसलाई स्थानीय भाषामा बेलतोडी पनि भनिन्छ । यसैगरी साईत अनुसार विहान साढे ११वजे माटोबाट निर्मित दुर्गा प्रतीमालाई नेत्रदान पनि गरिएको छ । दुर्गा प्रतीमालाई नेत्रदान गरे पछिमात्र सर्वसाधारणको लागी खूला गरिन्छ ।

यस अवसरमा रामानन्द चौक,विद्यापति चौक,जीरामाईल,पूल चौकआदि स्थानमा श्रद्धालुहरुको उल्लेख्य भीड थिए । भगवती दुर्गालाई नेत्र प्रदान गर्ने वेला महिलाहरुले मंगल गीत गाएका थिए भन्ने युवा युवतीहरुले हर्ष बधाई गरेका थिए ।

यसै गरी राजा जनकको गृहदेवी भनिने राजदेवी मन्दिरबाट फूलपाती संकलन गर्न निस्केको टोलीमा परम्परा अनुसार नेपाल सेना,सशस्त्र प्रहरी वल तथा नेपाल प्रहरीका उच्च पदाधिकारीहरु पनि सहभागी भए । सेनाको टुकरी मंगल धून बजाउँदै शोभा यात्रामा सहभागी भएका थिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]