राष्ट्रपति र प्रधानमन्त्रीसहित शीर्ष नेताहरुबाट टीका ग्रहण


YYY
१९ असोज, काठमाडौँ । राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरुले शुभसाइतमा विजया दशमीको टिका लगाएर प्रसाद ग्रहण गरेका छन् ।

राष्ट्रपति डा.रामवरण यादवले पञ्चाङ्ग निर्णायक समितिले उत्तम भनेको बिहान १ बजेर ३५ मिनेटको समयमा पुरोहित डा.रघुनाथ अर्यालबाट टीका तथा जमरा लगाउनुभयो । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक विशेष कार्यक्रमबीच डा. अर्यालले राष्ट्रपति यादवलाई टीका तथा जमरा लगाइदिएर प्रसाद ग्रहण गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट टिका लगाउनुभयो ।

सोही समयमा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायता नेताले पनि टीका-जमरा लगाएका छन् । यसैगरी मुलुकभर सर्वसाधारणले आफ्ना मान्यजन, बाबुआमा र गुरु पुरोहितबाट टीका तथा जमरा लगाएका छन् पञ्चाङ्ग निर्णायक समितिले आज दिनभर जुनसुकै बेला टीका लगाए पनि उत्तिकै शुभफल मिल्ने जनाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]