विदेशी लगानी आकर्षण गर्न सूचना सञ्जाल


YYY



प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सरकारले लगानीसम्बन्धी विस्तृत विवरणयुक्त सूचना सञ्जाल विकासको प्रक्रियालाई अघि बढाएको छ ।
लगानी वर्ष २०१२ लाई दृष्टिगत गरी इन्टरनेसनल फाइनान्स कर्पोरेसन र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा सरकारले सञ्जाल निर्माणको प्रक्रिया अघि बढाएको हो ।
विदेशी लगानीकर्ताहरूले पूँजी लगाउने क्षेत्र, कानुनी प्रावधान, नेपाल सरकारले प्रदान गर्ने सेवा, सुविधा तथा सुरक्षालगायत सम्पूर्ण विवरण सञ्जालमा समावेश गरिने उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले बताउनुभयो ।
सचिव कोइरालाका अनुसार कर्पोरेसन र महासङ्घको सहयोगमा अर्थ र उद्योग मन्त्रालयले पूर्वाधार निर्माण, विशेष आर्थिक क्षेत्र, जलविद्युत्, पर्यटनका साथै उत्पादनमुलक गरी ५० लगानीका क्षेत्र पहिचान गरी त्यससम्बन्धी सम्पूर्ण सूचना सञ्जालमा समावेश गरिनेछ ।
विदेशी लगानी ल्याउन सरकारले लगानीसम्बन्धी सम्मेलन आयोजनाको तयारी पनि गरिहेको उहाँले जानकारी दिनुभयो ।
उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक प्रवर्द्धन महाशाखा र अर्थ मन्त्रालय मातहतको लगानी बोर्डले सम्मेलनमा धेरै भन्दा धेरै लगानीकर्ताको सहभागिताका लागि आवश्यक प्रयास गरिरहेको छ ।
वैदेशिक लगानी आकर्षित गर्न विदेशस्थित नेपाली राजदूताबास तथा कूटनीतिक नियोगलाई परिचालन गर्नुका साथै यहाँस्थित कूटनीतिक निकाय, द्विपक्षीय एवम् बहुपक्षीय सहायता संस्थाको सहयोग लिइने बताइएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]