माओवादी शान्ति र संविधानमा इमान्दार भएन : पोखरेल


YYY
काठमाडौं, आस्विन २१,

एकीकृत माओवादी शान्ति प्रकि्रयाप्रति गम्भीर नरहेको नेकपा एमालेका सचिव शंकर पोख्रेलले आरोप लगाउनु भएको छ । रिपोर्टस्र क्लब दाङ शाखाले आज तुलसिपुरमा आयोजना गरेको साक्षात्कारमा उहाँले माओवादीकै कारण शान्ति प्रकि्रया अवरुद्ध भएको बताउनु भएका् थियो । सचिव पोखरेलले माओवादी भित्रको आन्तरीक बिबादकै कारण शान्ति प्रकि्रयामा अबरोध श्रृजना भएको आरोप लगाउनुभयो ।कार्यक्रममा संबिधानको स्पष्ट प्रस्ताब ल्याउन माओवादीलाई आग्रह गर्नु भएको छ ।

उहाँले प्रधानमन्त्री बाबुराम भटराईले ४५ दिन भित्र शान्ति प्रकि्रया टुंगाउने भनि दिएको अभिब्यक्ति पुरा गर्न नसकेबाटै पनि माओवादी शान्ति र संबिधानप्रति प्रतिबद्ध नभएको स्पष्ट देखिएको दाबी गर्नुभयो । सरकारका ४० दिन निरासाजनक रहेको बताउदै पोखरेलले अब बचेको ५ दिनमा पनि कुनै खास काम हुन नसक्ने ठोकुवा गर्नु भएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]