आर्चरी टोली इरान प्रस्थान


YYY
असोज ३० काठमाडौँ । इरानको तेहरानमा हुने १७ औं एसियाली आर्चरी प्रतियोगितामा भाग लिन ४ पुरुष खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा प्रेमप्रसाद पुन, रमेश भट्टचन, अशिम शेरचन तथा जितबहादुर मोक्तानले प्रतिस्पर्धा गर्नेछन् । अक्टोबर १८ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा उनीहरुले ओलम्पिक राउन्डअन्तर्गत ७० मिटर दूरीको स्पर्धामा खेल्नेछन् ।






लन्डन ओलम्पिक– २०१२ का लागि प्रतियोगिताको अन्तिम दिन अक्टोबर २४ तारिखमा इरानमानै कन्टिनेन्टल छनोट प्रतियोगिता हुने नेपाल आर्चरी संघका अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसमा पनि खेलाडीले भाग लिने छन् । अध्यक्ष श्रेष्ठ प्रतियोगिताका दौरान त्यही हुने एसिायली आर्चरी महासंघको वार्षिक साधारणमा सहभागी हुन टोलीसंगै तेहरान प्रस्थान गरेका छन् । प्रशिक्षकमा दीपकराज गुरुङ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामा र सदस्य रामकृष्ण बानिया“ले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।






सदस्य–सचिव लामाले नेपालमा आर्चरी सा“स्कृति रुपमा पनि खेलिने भएकाले यो खेलको सम्भावना राम्रो भएको चर्चा गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले राम्रो नतिजा हात पार्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले खेलाडीले सफलता हासिल गर्नेमा संघ आशावादी रहेको धारणा व्यक्त गर्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]