हिउँदमा उद्योग ठप्प हुने


YYY
आउँदो हिउँदमा दैनिक १९ घन्टासम्म लोडसेडिङ हुने बिद्युत प्राधिकरणले सार्वजनिक गरेपछि उद्योगहरू एक सिफ्ट पनि चल्न नसक्ने भएका छन् । दिनमा ५ घन्टा मात्रै बिजुली उपलब्ध हुने भएपछि ८ देखि १० घन्टाको एक सिफ्ट पनि नचल्ने देखिएको हो । यसपटक हालसम्मकै सबै भन्दा बढी समय लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणको छ । गत वर्ष दिनको १४ घन्टासम्म लोडसेडिङ भएको थियो । प्रधानमन्त्री बाबुराम भट्टराईले कात्तिक ७ गते संसदमा दिएको मन्तव्यमै १७ देखि १९ घन्टासम्म लोडसेडिङ हुने उल्लेख भएपछि उद्यमी व्यवसायीको चिन्ता बढेको हो ।
मन्तव्यमा हिउँदमा उच्चतम माग १० हजार ५० र न्यूनतम ५ सय ५० मेगावाट हुने उल्लेख छ । आपूर्ति भने ३ सय ९० मेगावाट मात्रै हुने छ । यसमा भारतबाट हुने आयात र डिजल प्लान्ट समावेश छ । प्राधिकरणको डिजल प्लान्ट यतिखेर विश्व बैंकको सहयोगमा मर्मत भइरहेको छ ।
बिजुली अभाव हुँदै गएपछि पेट्रोलियम पदार्थप्रतिको निर्भरता बढ्दै जाने छ । गत वर्षको एक अनौपचारिक अध्ययन अनुसार बिजुली नभएको समयमा घर कार्यालयमा चल्ने जेनरेटर मार्फत करिब ३ सय मेगावाट ऊर्जा उत्पादन भइरहेको छ । आर्थिक वर्ष २०६७/६८ मा ७५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । जुन देशको कुल निर्यातभन्दा १० अर्ब रुपैयाँ बढी हो ।
सरकारले भने वैकल्पिक उपाय गरेर दैनिक १४ घन्टा भन्दा लोडसेडिङ बढ्न नदिने तयारी गरिरहेको ऊर्जासचिव बालानन्द पौडेलले जानकारी दिए । उनका अनुसार भारतबाट आयात बढाउनुका साथै धेरै कमी भएको समयमा कुलेखानी आयोजनालाई पूर्ण क्षमतामा चलाइने छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]