दार्चुलामा भेंडा-च्यांग्रा अभाव


YYY
बैतडी, आश्विन १४,

दसैंको मुखमा समेत खलंगा-तिंकर पैदल मार्ग सञ्चालनमा नआउँदा दार्चुला सदरमुकाम लगायतका क्षेत्रमा भेंडा-च्यांग्राको अभाव भएको छ । वर्षायाममा ठाउँ-ठाउँमा पहिरोले बाटो बिगारेकाले भेंडा-च्यांग्रा यो वर्ष सदरमुकाम क्षेत्रमा ल्याउन नसकिएको हो । खलंगा-तिंकर पैदल मार्गको सुन्सेरा, राप्ला, व्यास लगायतका गाउँमा अवरुद्ध भएको बाटो सञ्चालनमा नआउँदा सदरमुकाम खलंगामा मासुको अभाव भएको हो । लामो समयको वर्षाले राप्लामा पहिरो जाँदा ठाउँ-ठाउँमा बाटो अवरुद्ध भएको स्थानीयबासीले बताए ।

अघिल्ला वर्षमा तिब्बतीले दसैंअगाडि नै भेडा बेच्न ल्याउने गरेको स्थानीय व्यापारीले बताए । तिब्बती भेडा दार्चुला सदरमुकाम आसपासका गाविस र भारतीय बजार धार्चुला, जोलजीवी, पिथौरागढसम्म मासुका लागि खपत हुने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले बताए । 'अघिल्ला वर्षमा दसैंअगाडि आइसक्थे, यस वर्ष बाटो नै छैन' ठगुन्नाले भने, 'दसैं नआउँदै मासुको अभाव भएको छ ।' तिब्बती भेंडा मात्रै यहाँका बजारमा वाषिर्क दुई हजारको संख्यामा बिक्री हुने गरेको स्थानीय व्यापारीले बताए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]