एसियन शारीरिक सुगठनमा नेपाल उपाध्यक्षमा निर्वाचित


YYY
कार्तिक ३ बैंकक । थाईल्याण्डको राजधानी बैंककमा हालै सम्पन्न एसियन शारीरिक सुगठन तथा फिटनेश महासंघ ९ब्द्यद्यँ० को कंग्रेसको बैठकले नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई महासंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।






नेपाल शारीरिक सुगठनको इतिहासमा एशियन महासंघको महत्वपूर्ण उच्च पद प्राप्त गरेको यो पहिलो अवसर हो । यसअघि दक्षिण एशियाली शारीरिक सुगठन तथा फिटनेश महासंघको अध्यक्षमा आफ्नो २ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा दक्षिण एशियाली शारीरिक सुगठन तथा फिटनेश महासंघको कंग्रेस बैठकले अध्यक्ष श्रेष्ठलाई आजीवन मानार्थ अध्यक्षमा समेत चयन गरेको महासचिव दिनेश राजभण्डारीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]