पोर्तुगलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन


YYY
योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, १६ असोज ।
आज यहाँ रहेका साहित्यप्रेमीहरुको एक भेलाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्तुगल च्याप्टरको गठन गरेको छ । विजया दशमीको शुभकामना आदानप्रदानसहितको साहित्यिक भेलाले सुनिल सङ्गमको अध्यक्षतामा नौ सदस्सीय कार्यसमितिको निर्विरोध चयन गरेको हो ।

च्याप्टरमा वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा, उपाध्यक्षद्वयमा अम्रित परियार र कला राई, महासचिव योगेन्द्रमिलन छन्त्याल, सचिव अनुराग कँडेल, कोषाध्यक्ष मोहन आचार्य र सदस्यहरुमा बाबुराम भुसाल, रामहरि लामिछाने र भूपति गैरे निर्वाचित हुनु भएको छ ।



नेपालमा रहँदा साहित्यका लागि योगदान दिएका र प्रवासमासमेत साहित्य क्षेत्रमा क्रियाशील स्रष्टाहरुले ‘नेपाली नेपालीबीच असमान भेदभाव हुनु हुँदैन’, ‘सबैले हाँसी खुशी भइ दशैं मनाउने समय आउँनुपर्छ’, ‘च्याप्टर गठनमा धेरै रमाएँ’ लगायतका कविता र गजलहरु वाचन गरेका थिए ।

भेलापश्चात् बसेको नवगठित च्याप्टरको बैठकले यही अक्टुबर २३ तारिख आइतबार दिउँसो पाँच बजे लिस्बोनमा लक्ष्मी जयन्तिको अवसरमा दीपावलीको शुभकामना आदानप्रदान र साहित्यिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]