नवोदितको आयोजनामा १०३ औ लक्ष्मी जयन्ती भब्यताका साथ सम्पन्न


YYY
भोला थापा छेत्री, दोहा-कतार, कार्तिक १४,

"भाषाको उत्थान नेपालीको पहिचान" भन्ने मुल उद्घोषका साथ डायस्पोरामा रहेका साहित्यिक मनहरुको थुँगा लाई एउटै मालामा सजाउदै विगत चार वर्ष देखि निरन्तर सकि्रय रहदै अग्रणी स्थानमा रहि कतारबासी नेपाली समुदायको साझा एवम् विश्वासिलो संस्था नवोदित साहित्यिक बाचनालयले यसै साता २८ अक्टुबर २०११ का दिन १०२औं लक्ष्मी जयन्ति तथा भाई टिका दिपावलीविशेष अवसरमा विविध साहित्यिक कार्यक्रमका साथै नाटक ँमेरी बहिनीको मंाचन तथा सांस्कृतिक कार्यक्रम सस्थाका अध्यक्ष महेन्द्र गुरुङ्गको अध्यक्षतामा गैर आवसीय नेपाली संघ अन्तराष्टिय सम्न्वय समितीका नवनिर्वाचित सचिब टि।बी। कार्की को प्रमुख आतिथ्यमा सम्पन्न भयो

लक्ष्मी प्रशाद देवकोटाको तस्विरमा पुष्प माल्यर्पण गर्दै शुरु गरिएको कार्यक्रममा सस्थाका सस्थाका सह-कोषाध्य विजय फोम्बो ले उपस्थित सबैमा स्वगत मन्तब्य राखेका थिए । नवोदित साहित्यिक वाचनालय को मातहतमा रहेको नवोदित मोबाईल पुस्तकालयको बारेमा संयोजक पासङ तामङ्ग ले सस्था मा भएका पुस्तकहरुको बारेमा प्रष्ट पार्नभयो । सस्थाा कोषाध्यक्ष एवम् १०२ औं लक्ष्मी जयन्ति कार्यक्रमका संयोजक उद्धब राईले हरेक पटक नबोदितले गर्ने कार्यक्रममा नयाँपन र ¡ाानबद्धक तथा जनचेतनामुलन हुने हुदाँ यस पटक प्रवासको बसाईका कामले थकित भएको शरीर र चाडपर्वमा घरपरिवार लाई सम्झेर निराश हुनु पर्दाको पिडा लाई मेटाउदै स्वदेशकै आवशको अनुभूति बनाउने झमर्को साथ मेरी बहिनी नाटक प्रदन तथा सास्कृतिक कार्यक्रमले सबैको मन जित्ने विश्वास ब्यक्त गर्न भयो ।

सोहि अबसरमा संस्थाका प्रमुख सल्लाहकार नबराज वि क अटल ले लक्ष्मी प्रशाद देवकोटाको बारेमा चर्चा गर्दै नवोदित साहित्यवाचनलय कतारले नेपाली साहित्या जगत प्रावास बाट भए पनि विभिन्न समस्य र कठिनाई तथा चुनौति लाई अवसरको रुपमा दिै कार्यक्रमा आइरहेको र आगमी दिनमा समेत अझ शसक्त कार्यक्रम गरोस भन्ने कामना गरे भने अनेसास कतार च्याप्टरका अध्यक्ष हेमन्त प्रदेशीले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे । समाज सेवी एवम नवोदितका आजिवन सदस्य चानम पोख्रेल ले साहित्य खुल्ला चिरचत्व आकाश जहाँ स्वातन्त्रताका हजारौ परेवा उडन सक्छन भन्दै परिर्वतनका हरेक क्षणमा साहित्यकारहरुको अबल भुमीका रहने हुदाँ जस्तोसुकै घडी मा लेखनकार्यलाई निरन्तरता दिन सक्नु पर्छ भन्दै साहित्य अनुरागीहरुलाई होसाल प्रदान गर्नुभयो । सन्ध्या ग्रुप अल्खोरका प्रमुख सल्लाहकार विरेन्द्र कुमार यक्थुवाले लक्ष्मी प्रसाद देवकोटा आजा हामी सामु नभएपनि उनका अमर कृतिहरु सदा जिवित रहनेछन भन्दै उनलाई समर्पित गर्दै नवोदितले कार्यक्रम आयोजना गरेकोमा प्रशनता ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख सहयोगी संस्थाको भुमीका निर्वाह गरेको आरम्भ नाटय डबली का अध्यक्ष सुमन खातीले सकरात्मक र सहि मार्गमा हिडने जो कसै सगँ पनि सहकार्यता सहयोग लिन दिन सक्नु पर्छ भन्दै यस कार्यक्रम हामी स्वच्छ विचारले सहयो गरेका हौ भन्नु भयो । कार्यक्रम प्रमुख अतिथी टि बी कार्कीले नवोदितले विगतका समयमा कठिन सर्घष गर्दै आजा यहाँ सम्मा आइपुगेको भन्दै साहित्य अनुरागीहरुलाई धन्याबाद दिदै अझ निरन्तरताको साथ लाग्न सवैलाई आग्रह गर्नुभयो । सोही कार्यक्रम १०२ औ लक्ष्मी जयन्तिको अबसरमा आयोजित कार्यक्रम तथा दिपावलीको एवम छठ र आउदै गरेको वक्र इद पर्वको सबैमा शुभकामना प्रदान गर्नु भयो ।

उक्त कार्यक्रममा प्रनेश बचत तथा रिण सहकारी सस्था सम्पर्क शाखा कतारका उपाध्यक्ष धनेश्वर जि सी नवोदित साहित्यक बाचनालया कतारको सस्थापक सदस्य प्रविण राई तनहुँ सेवा समाजका अध्यक्ष निमलाल कुमाल रोजगार मन्च कतारका रुद्र दाहाल तमु बौद्ध सेवा समितीका लक्ष्मी गुरुङ समाजसेवी राम पथ लोकतान्त्रीक मन्चका सचिव रामजी गिरी नवोदितका आजिवन सदस्य भेषराज पराजुली प्रेमलामा सहित विभिन्न समाजिक सघं सस्थाहरुको उपस्थित रहेको थियो ।


चरण बद्ध रुपमा औपचारिक लक्ष्मी जयन्ति कार्यक्रम लगतै देउसी भैलो कार्यक्रम गरिएको थियो । उक्त देउसी भैलोमा सहयोग स्वारुप कृष्ण न्यौपाने राम पन्थ पुर्ण केसी भेसराज प्रजुली सुमन खाती लक्ष्मी गरुङ रुद्र दाहल लगायत अथिति एवम उपस्थित सम्पुर्ण ले आर्थिक सहयो प्रदान गरेका थिए । देउसी भैलो सगै तेस्रो चरणंमा नाटक मेरी बहिनी कलाकारहरु विष्णु भक्त सन्तोष भक्ति प्रसाद रिजाल टिका वा राई सन्तोष राई धनेन्द्र काफ्ले मानसिहं सुनुवार जीतेन चेमजुङ डिल्ली ब लिम्बु सरोज श्रेष्ठ रविन खनाल झरना गरुङ सविना थापा खनाल महमत हसन साक्षी सिवानी पाण्डे वाल कलाकार जानुका थापा भानु शर्मा विनोद चौधारी सुरेश मगर विजय न्याउपानेहर्क प्रसाद सुन्दर परियार प्रदिप विक रेखा पुनराईयुग योगी राईलगायतका कलाकारहरुले सामाजिक कथा बस्तुमा आधारित नाटम प्रश्तुत गरिरहदा दशैकहरुको आखाँ कतै रसाउथे त कतै हसाउथे ।

अत्यन्तै मर्म स्पर्शी भावहरुको बोकेको नाटकले यर्थात समाजको वास्ताविकता लाई गरेको उत्जागरण गरिएको थियो उल्लेखनिय दर्शकहरुको तालिले हल आडैमा रौनाक थपिरहेको हुन्थो । उक्त नाटको लेखक विष्नु भक्त डिसी थिए भने नाटकलाई स्थापित निदेर्शक उद्धव राईले गर्नु भएको थियो । स्मरण रहोस उनी ड्राइभरमा माइलो चलचित्रका निदेर्शक समेत हुन हाल नवोदित कोष अध्यक्ष मा रहेका छन । कार्यक्रको उल्लासपुर्ण वातवरण सगै स्रष्टहरुको कविता गजल गित हाइकु लगायत रचनाहर वाचन गरेका थिए ।
अन्त्यमा संस्थका अध्यक्ष महेन्द्र वियोगी गुरुङले कार्यक्रम सफल पार्न सहयो गर्ने सवैमा धन्यावाद दिदै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रम संचालन संस्थाका महा सचिव चुडामणि काफ्लेले गर्नुभएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]