नम्रताको नयाँ साथी


YYY
अनुप भट्टराई, काठमाण्डौ,खबरहरुलाई आधार मान्ने हो भने उनीहरुको मित्रता भएको सात महिना भयो रे । र गत असोज ४ गते चलचित्र आचार्यको प्रिमियरमा उनीहरु पहिलो पटक फिल्मी कार्यक्रममा संगै देखिएका पनि थिए । जुन निरन्तरता मेरो लभस्टोरीको प्रिमियरमा पनि देखिएको थियो । कुरा हो हिरोईन नम्रता श्रेष्ठको अनि उनको नयाँ साथीको ।

नम्रताले आजकाल नयाँ साथीलाई चलचित्रका कार्यक्रममा लिएर हिड्ने गरेकी छिन् । उनको नयाँ साथीको नाम हो प्रेम घले, जो ठमेलमा बस्छन् । हेर्दा ह्याण्डसम र स्मार्ट देखिने घले र नम्रताको यो दोस्तीलाई कतिपयले प्रेमको संज्ञा दिन पनि भ्याएका छन् । प्रिमियरमा मिडियाले तस्बिर खिच्न खोजेपछी नम्रताले सहजै स्वीकार्दै विभिन्न पोजमा तस्बिर खिचाएकी पनि थिईन् । जसबाट के पुष्टी हुन्छ भने आफ्नो नयाँ साथीका बारे मिडियामा ल्याउन चाहन्छिन् उनी । तर घले भने फोटो खिच्न असहज मानिरहेका थिए ।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]