विश्व च्यानबारा च्याम्पियनसिपमा नेपालले भाग लिने


YYY
कार्तिक ८ काठमाडौँ । जापानको टोकियोमा हुने ३७ औं स्पोर्टस् च्यानबारा विश्व च्याम्पियनसिपमा नेपालले भाग लिन भएको छ । योसहित विश्व च्याम्पियनसिपमा नेपालको लगातार तेश्रो सहभागिता हो । ३५ औं संस्करणमा नेपालले पहिलो पटक विश्व च्याम्पियनसिपमा सहभागिता जनाएका थियो ।






३७ औं संस्करणको च्याम्पियनसिपमा ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । त्यसका लागि ५ पुरुष र दुई महिला गरी ७ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली शुक्रबार टोकियो उड्ने कार्यक्रम रहेको छ । पुरुषमा वीरमान लामा, चित्रबहादुर गुरुङ (लाला), बाबुराजा महर्जन, करन नेपाल तथा विकेल अधिकारी रहेका छन् । महिलामा कृषला घिसिङ तथा बिमला तामाङ छन् ।






अघिल्लो संस्करणमा नेपालले २ स्वर्ण, ५ रजत र ४ कांस्यसहित ११ पदक जितेको थियो । कृषलाले स्वर्ण र रजत, वीरमानले रजत तथा लालाले रजत र कांस्य जितेका थिए । अन्य चारै खेलाडीको भने यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहनु भएका स्पोर्टस् च्यानबारा संघ नेपालका अध्यक्ष देवकुमार लामाले टोलीको नेतृत्व गर्नु हुनेछ ।






व्यवस्थापकमा संघका उपाध्यक्ष केशवराज अधिकारी, प्रशिक्षकमा महासचिव वीरबहादुर तामाङ तथा अफिसियलमा चाङ धुन्डुक गुरुङ रहेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]