लिम्बुवानको राजनैतिक परिस्थिति र सांगठनिक गतिविधिबारे छलफल


YYY
लिम्बुवानको समसामयिक राजनैतिक परिस्थिति र सांगठानिक गतिविधि सम्बन्धी छलफल गर्दै फेदेन नगरस्तरीय भेला २०६७ असोज १३ गते फेदेन नगरमा मञ्चसम्बद्ध संघीय लिमबुवान राज्य परिषद फेदेन नगर समितिको आयोजनामा फेदेन बजारमा सम्पन्न भएको छ ।
उक्त भेलामा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय सचिवालय सदस्य दिलेन्द्र कुरुम्बाङले हाम्रो पार्टी लिम्बुवानमा मात्र नभएर काठमाडौं उपत्यका र देशबाहिर समेत विस्तार भएको जानकारी गराउनुभयो । उहाँले पार्टीेको गतिविधि बारे जानकारी गराउँदै तीव्ररुपमा संगठन विस्तार भैरहेको र जनतामाझ लोकप्रिय हँुदै गएकोले सबैलाई यसै पार्टीमा एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो । उपस्थित महानुभावहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिंदै कुरुम्बाङले मञ्चसम्बद्ध संलिरापले लोकतन्त्र, समाजवाद र सह–अस्तित्वलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तका रुपमा लिएको बताउनु भयो ।



यसैगरी लिम्बुवानका केन्द्रीय सदस्य संगम खनालले मञ्चसम्बद्ध संलिराप आदिवासी जनजाति, महिला, मधेशी, मुश्लिम र पिछडिएका समुदाय र क्षेत्रको लागि लड्ने पार्टी भएकोले सबैलाई पार्टीमा आबद्ध हुन आग्रह गर्नुभयो । उक्त भेलामा संघीय लिम्बुवान महिला परिषदका केन्द्रीय सदस्य राधिका आङदेम्बे, पान्थर जिल्ला अध्यक्ष लाबाहाङ चेम्जोङ, जिल्ला सचिवालय सदस्य चन्द्रराज आङदेम्बे, अर्थ–सचिव अमिर लिम्बू, जिल्ला सदस्यहरू बृजहाङ आङदेम्बे, खगेन्द्र आङदेम्बे, दुर्गा नेम्बाङलगायतको उपस्थिति रहेको थियो ।
उक्त भेलाले सजिव योङयाको अध्यक्षतामा पछि तीन जना सदस्य मनोनित गर्ने गरी १८ सदस्यीय फेदेन नगर समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षहरूमा बलबहादुर राई र अन्द्रवीर मगर, सचिवमा विक्रम नेम्बाङ र अर्थ–सचिवमा पूर्ण तुम्बापो रहेका छन् भने सदस्यहरूमा गौरव लामा, वीरबहादुर केरुङ, चन्द्रविक्रम आङदेम्बे, टंक मुखिया, शान्ता राई, अस्मिता तुम्बापो, तुलसी तुम्बापो, सन्तकुमार सेवा, लक्ष्मण श्रेष्ठ, वीरबहादुर श्रेष्ठ, पुष्पा तुम्बापो, सुवास राई र कुमार मुखिया रहनुभएको छ ।
नवगठित समितिले चाँडै सम्पूर्ण वडाहरूमा वडास्तरीय भेला गरी छलफल कार्यक्रमसहित संगठन विस्तार गर्ने निर्णय गरेको छ । हालै सरकारद्वारा घोषित फेदेन नगरपालिकामा पहिलेका चोकमागु र सिवा गाविसहरूलाई समेत समावेश गरिएकोले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी समिति निर्माण गरिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]