सिकेबिकेमा हुने महायज्ञको उपराष्ट्रपति झाले उद्घाटन गर्ने


YYY
राम बहादुर धामी, असोज, २९,
तनहुँको बन्दिपुर–१ डुमे्रस्थित सिकेबिके क्याम्पसले यही कार्तिक १ देखि ८ गतेसम्म संचालन गर्ने सप्ताहब्यापी श्रीमद्भागवत महायज्ञको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने भएको छ । क्याम्पसको नयाँ भवनका साथै अन्य भौतिक संरचना निर्माणका लागि महायज्ञको उपराष्ट्रपति झाले उद्घाटन गर्न लाग्नुभएको हो । बढ्दो समयको मागसंगै आधुनिक, प्रतिष्पर्धात्मक र गुणस्तरीय शिक्षा स्थानीय स्तरमै सर्बसुलभ तरिकाले प्रदान गर्न आफ्नै अत्याधुनिक भवन, पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, छात्रावास निर्माण गर्न महायज्ञ आयोजना गर्न लागिएको मूलसमारोह समितिका संयोजक मानकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

महायज्ञबाट ५ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको पनि उहाँले बताउनुभयो । सरकारबाट प्राप्त अनुदानले मात्रै क्याम्पस चलाउन समस्या परेकाले महायज्ञको आयोजना गर्न लागिएको पबित्रा उच्च माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुन्दरलाल श्रेष्ठले बताउनुभयो । महायज्ञबाट संकलित सबै रकम शिक्षा क्षेत्रमा खर्च गरिने प्रचारप्रसार समितिका संयोजक सुबोध अधिकारीले बताउनुभयो । महायज्ञका लागि आबश्यक प्रचारप्रसार गर्न आज मुग्लिनदेखि कोत्रेसम्म मोटरसाईकल र्यालीको आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]