सेलेक्टेड युद्ध कविता हिरोजका लागि जगत नवोदित र काङमाङ नरेश राईका कविताहरु छनोट I


YYY
अप्जसे कान्छा, लन्डन - ईवुरी प्रकाशन ग्रीहले बेलायत भरिका २५० जना कविहरुका कविताहरुलाई छनोट गरि १०० जना कविहरुका कविताहरुलाई सार्वजनिक गरेका छन् ।

प्रमुख अथिति मिनिस्टर एन्ड्यू Andrew रोवथन MP र मेजर जनरल एन्ड्रु Andrew क्यान्नेठ रहेका थिए ।

फिल्ड मार्शल कोठामा सम्पन्न भएको उक्त कार्यक्रममा सेलेक्टेड युद्घ कविता संग्रह हिरोजका सम्पदक जोन जेफ्कक्ले भने, यो २५० वटा कविताहरुमा १०० वटा सेलेक्टेड गर्न मलाई निकै गाह्रो भयो र गाह काम भएको महशुष गरे । हिरोज्बाट विक्रि भई उठेको रकम (ABF) आर्मी वेनेभेलेन्ट फण्डमा जाने भएकोले सवै कविहरुलाई कविता पठाई सहयोग गरि दिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।




व्रिगेड अफ गोर्खाज् र नेपालीहरुको तर्फवाट प्रतिधित्व गर्दै १०० जना युवा कविहरुमा सेलेक्टेड भएका छन्, कविद्घय काङमाङ नरेश राई र जगत नवोदित । काङमाङ नरेश राईको कविताको शिर्षक आशु जस्तै छ युद्घ (वार ईज् लाईक टियर)
Few drop her tears
Trickle over my boot
And shimmer at the brightness of light
I close my eyes
And open them while
To look at the boot
The teardrop flowing from my boot
Hand vanished somewhere into carpet
I think –
The life we lead as soldiers
Is like tears !

जगत नवोदितको खुकुरी शिर्षकको कविताको एक अंश,
Khukuri-
That has carried my story
Khukuri-
That has witnessed my past khukuri-
That has written my history .




काङमाङ नरेश राईले भने, एक जना पाहुना महिलाले कसरी तिमीले यस्तो कविता लेख्यौ मेरो हर्ट टच ग्यो, मेरो आफ्नै घट्ना जस्तै छ भनी अंगालो मारे । त्यस्तै जगत नवोदितले भने मलाई त्यहाँ उपस्थित पाहुनाहरुले यति राम्रो कविता छ, के तपाई सधैं कविता लेख्ने गर्नुहुन्छ ? कविद्घयले यसरी आफ्ना अनुभवहरु सुनाए ।
पब्लीसिङ्ग ग्रुपका एक ब्यक्ति क्यारिले Asda, Amazon, Blackwells, Book DepositoryBooks, Etc Foyles, John Smiths, Play, Sainsburys, Tesco Books, Waterstones, WH Smith मा हिरोज् कविता संग्रह किन्न पाइने कुरो भनीन र तपाईहरुले क्रिसमस उपहार दिनको लागी अहिले नै किन्नुहोस् ।
१०० जना कविहरुमा जम्मा १७ जना कविहरु मात्र उपस्थित भएका थिए भने पहुनाहरु र संचार माध्यमहरुले कोठा टना टन भरिएको थियो जसमा वि.एफ.वि.एस. टेलीभिजन्, वि.वि.सि. रेडियो र अन्य पत्र पत्रिकाहरुको मुख्य उपस्थिति रहेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]