इजरायलमा देउसी भैलो कार्यक्रम (भिडियो सहित)


YYY
कुमार पौडेल , तेलअबिब - इजरायल, नोबेम्बर २,

पर्बत जिल्ला रानीपानी गाबिस का एकैघरका ५ अपांग बालिकाहरुको सहयोगार्थ इजरायलको तेलअबिब शहरमा तिहारको अबशर पारेर बिशेस धेउसीभैलो कार्यक्रम तथा सांगीतिक साझ भव्यताका साथ सम्पन्न भयो | अपांग सहयोग अभियान समुह एव नेप्लिज इन इजरायल फेसबुक संजालको सक्रियतामा आयोजना गरिएको उक्त सांगीतिक कार्यक्रम अभियानका संयोजक कुमार पौडेल को सभापतित्वमा संचालन गरिएको थियो | अनेसास इजरायलका सल्लाहकार श्याम रोक्का प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा स्थानीय नेपालीसमुदायका संघसस्थाका प्रतिनिधि हरुलाई अतिथिको रुपमा आमन्त्रित गरिएको थियो | नेपाली रास्ट्रियगानबाट शुरु गरिएको उक्त कार्यक्रम श्रीराम अधिकारीको स्वागत मन्तब्य साथ प्रमुख अतिथि श्याम रोक्का र सभापति कुमार पौडेल बाट संयुक्तरुपमा पानसमा दिप प्रज्वलन साथ सत्य साइकेन्द्रका साइभक्तजनरुबाट सामुहिक लक्ष्मीपूजा गरेर कार्यक्रमको सुरुआत गरिएको थियो |

कार्यक्रम सुरुआतको रौनकतामा नेपालि समुदायको बिशेस जमघट लाइ अभियानका सक्रिय सदस्य यश घिमिरेले धेउसी भैलोको तालमा सबै उपस्थित नेपालि समुदायलाई उफ्री उफ्री नचाउन र शैलिबद्द भैलो गितको बोलहरुमा आफ्नु प्रस्तुतिले सबैको मन जितेको देखेर मंच नजिकै झुम्मिएर सबै नाचिरहदा कार्यक्रमले अर्को रौकन थपेको थियो | अपांग बालिका हरुको सहयोगको यो अभियान लाइ सक्रियरुपमा अगाडी ल्याउन र इजरायलमा रहेर यस्तो सामाजिक सेवाको भावना बाट प्रेरित भइ सबैका माझ उदाहरणीय कामको थालनी गर्ने नेप्लिज इन इजरायल समुहका जुझारु युबाहरु सुर्य बस्याल ,गोपाल सिटौला , कुमार पौडेल का साथै समुह स्थापना गरि सहयात्रामा सक्रिय भूमिका निभाउने सदस्य हरु नेहा गुरुङ , रन्जु कार्की हरि मानन्धर लगायतका साथीहरुलाई खादा लगायर संमान गरिएको थियो | नेपालि समुदायको राम्रो उपस्थिति रहेको सो कार्यक्रममा साझपखको जमघट र कार्यक्रमको बिच बिचमा नेपालि गित संगितका साथ नृत्य प्रस्तुतिले दर्शकको मन जितेको थियोभने नृत्यप्रस्तुतीमा सबिना खड्का, स्मिखा लामा ,बुनु कोइराला को उत्कृट प्रस्तुतिले दर्सक लगायत आयोजकहरुलाई नचाउन बाध्य बनायो |

सामुहिक नृत्य प्रस्तुतिले झनै सबैको तालिसाथ उत्साह जगाएको थियोभने कार्यक्रममा आफ्ना गित संगित लाइ प्रस्तुती गर्ने क्रममा गोबिन्द सिवाकोटी ,युग यमन ,दिपेन थापा ,हजुरी साह कंडेल,सुमन कार्कीको गजल ,नितु खड्काको कविता साथै केहि समय अगाडी इजरायलमा लोकार्पण गरिएको एल्बम " पर्खाइमा " समेटिएको गित संगीतका सर्जक श्रीराम अधिकारि को आज तिम्रो सम्झनाले ... भन्ने बोलको गीतले सबैको मन जितेको थियो |भैलो सांगितिक साझमा अपांगको सहयोगार्थ धेरै रकम दान गर्नुहुने दानबीर हरु सुर्य सिम्खडा ,सानु मानन्धर लाइ खादा लगायर संमान गरिएको थियो ,कार्यक्रम लाइ ब्यबस्थित र नाचगानको संयोजनमा लागिपर्ने तथा अपांग सहयोग अभियानलाई आफ्नु सक्रियता देखाएर सामाजिक सेवाको भावनामा प्रेरित सहयोगी मनहरुलाई मंच बाट नाम बोलायर प्रशंसा सहित परिचय दिइएको थियो |

कार्यक्रमको मध्यतिर अपाङ्ग सहयोग समुहका सदस्य हरि मानान्धर ले स्थापना गरेको वेभपत्रिका www.nabinnepal.com को बिमोचन पनि गरिएको थियो , समारोहका प्रमुख अतिथि र वेभसंचालक मानन्धर ले संयुक्तरुपमा ब्यानर उघारेर नबिननेपाल डट कम को उद्घाटन गर्दै प्रमुखअतिथि र संचालकले वेभ पत्रिकाका बारेमा आफ्ना भनाइ र शुभकामना मन्तब्य राख्नुभएको थियो | कार्यक्रममा उपस्थित नेपालि समुदायको तिहारको अबशर र धेउसी भैलोको रोमान्चक प्रस्तुतिले सबै नेपालि कामदार समुदायमा आफुहरु नेपालमै रहेको जस्तो भान र आफ्नु रितिरिवाज साथ सास्कृतिक र मौलिक चाडको महत्वले परदेशिएको आफुहरुको पिडामा केहिहद खुशी र चाडको रमाइलोले छुट्टै अनुभूति मिलेको अनुभब पनि एकापसमा साटासाट गरेर खुशी बाडेका कुराहरु केहि नेपालि साथीहरुले अभियानका सदस्य हरुलाई बताएका थिय | पर्बतका ति ५ अपांगको सहयोगको यो अभियानले संसारभर छरिएर रहेका नेपालि समुदायलाई इजरायलको यो माहान अभियानले एउटा नमुना र देश भित्रका धेरै दिनदुखिहरुको सहायता गर्नमा राज्यपक्ष लाइ समेत गम्भीर भएर नीति निर्माण गर्न र आगामिदिन हरुमा यस्ता सराहनीय कार्यहरु इजरायल बाट भै नै रहने कुरामा अब दुइ मत नहुनेमा इजरायलमा रहने नेपालिहरु ढुक्क छन | प्रमुख अतिथि श्याम रोक्का ले आफ्नु शुभकामना मन्तब्य दिदै यो सराहनीय कार्यको उच्च प्रशंसा र लागिपर्ने सहयोगी समुहलाई शुभकामना र धन्यबाद ब्यक्त गर्नुभएको थियो |

कार्यक्रमको अन्त्यमा "अपांग सहयोग अभियान समुहका " संयोजक एब समारोहका सभापति कुमार पौडेल ले यस अभियानका बारेमा प्रस्ट पार्दै सुरुमा फेसबुक संजाल (नेप्लिज इन इजरायल -समुह )बाट नेपाल टेलिभिजनको कार्यक्रम" अपांगता सरोकार " को यु ट्युब भिडियो हेरेर आफु हरु अतिनै भाबुक भै ति पाच अपांगको क्रन्दन र पिडामा केहि राहत दिने अभिप्रायले आफ्ना सहयोगी साथीहरु कोहलपुर बाके का सुर्य बश्याल र झापाका गोपाल सिटौला बिच कुरागरि सहयोग जुटाउने प्रतिबद्दता साथ एउटा अपांग सहयोग समुहको स्थापना गरि अन्य सदस्य हरु क्रमश : सुश्री नेहा गुरुङ , रंजुकार्की ,हरि मानन्धर र कृष्ण ज्ञवाली सहितको सात सदस्यीय समुह बिधिबत निर्माण गराई आफुहरुको अभियान लाइ मुर्त रुप दिनमा इजरायलमा रहेका सम्पूर्ण नेपालि समुदायको सहयोग र हातेमालोमा आफुहरुले सोचेजस्तै सबै मनकारी सहयोगदाता हरुको साथ र एक्बद्द्ताले इजरायलको यो अभियान सबैका माझ नमुना र अपांगहरुको सहयोगमा निक्कै प्रभाकारी भएको कुरा ब्य्क्य गर्नुभयो |

समापन मन्तव्यकै क्रममा पौडेलले आफुहरुले चलाएको यो समाजसेवाको भावना बाट अरु थुप्रै यस्ता प्रकृतिका अपांग , ज्यादै स्वास्थ्यस्थिति बिग्रेका एब बृद्दब्रिद्दा हरुलाई नेपाल गयर पनि आफु र यो समुदायका सदस्यहरुले सक्दो सहयोग गर्दैजाने प्रतिबद्दता पनि जनाउनु भएको थियो | यो अभियानलाइ सहयोग र रकम संकलन गर्नमा लागिपर्ने सबै सहकर्मी साथि समुदाय र आफ्नु फेसबुक समुहका सहकर्मी लाइ धन्यबाद ज्ञापन गर्दै विमोचित वेभ मिडियाको सफलता को शुभकामना ब्यक्त गर्दै औपचारिक कार्यक्रमको सभा बिसर्जन गर्नुभएको थियो | त्यसपछी जे जति रकम संकलन भएको छ त्यसको आबश्यक बैंकिंग प्रक्रिया पुरा गर्दै छिट्टै सम्बन्धित अपांगहरुको खातामा दाखिला गराउने कुरा पनि कार्यक्रममा प्रस्ट पारिएको थियो |कार्यक्रम लाइ पहिलो चरणमा रेडियो संचारकर्मी यश घिमिरे ले संचालन गर्नुभएको थियो भने त्यसपछी सत्य साइकेन्द्रका अध्यक्ष नेहा गुरुंगले संचालन गर्नुभएको थियो |

उक्त सांगीतिक साझ लाइ विद्युतीय संगित सामाग्री( म्युजिक सिस्टम ) निशुल्क उपलब्ध गरायर अभियानको सो कार्यक्रमलाई सफल गराउनमा अभियानका सक्रिय सदस्य सुर्य बश्याल ले थप सहयोग गरेका थिय भने डी जे बिपिन तामांग को संयोजन र इजरायली नागरकि नाट (पार्क पुस्तकालय )ले निशुल्क प्रकाश ब्यबस्थापनमा सहयोग गरेका थिय | नाचगान कार्यक्रम रातको १० बजे सम्म मस्त जमघटका साथ चलेको थियो | तिहारको भाइटीकाको अबशरमा टाढा टाढा काममा रहेका साथीहरुको भेटघाट र परिचयले सबै उपस्थित साथीहरुमा छुट्टै पुनर्ताजगी थपिएको थियो |

कार्यक्रम सफल गराउनमा लागिपर्ने स्वोयमसेवक सदस्य साथीहरु सुर्य सिम्खडा , श्याम सुबेदी ,निरज शर्मा ,कुमार दाहाल उमेश थापा , सुरज श्रेष्ठ बिष्णु बस्ताकोटी , हजुरी कंडेल ,प्रदिप सिटौला, अन्जना साह ,अर्जुन पौडेल,राजु सुबेदी ,सरु गुरुङ ,सुनिता पौडेल"पन्त ",सिता सिलवाल ,सुमित्रा राइ ,संगीता खड्का ,एन्जिला बजगाई तथा ओएस नेपाल डट कमका नबिन राइ लगायतका सबैलाई धन्यबाद ज्ञापन गर्दै अभियानका सबै सदस्यहरुले कार्यक्रम निक्कै सफल र सोचे भन्दा बढी प्रभाबकारी भएको बताएका थिए | इजरायलमा रहेका धेरै सहयोगी हातहरुको यो र यस्तै एकबद्द्ता का अभियानहरुमा आगामी दिनमा पनि साथ सहयोग मिल्नेकुरामा अब कुनै सन्देह नरहने तथ्य इजरायलमा रहेका नेपालि हरुको यो अपांग अभियानको माहायज्ञले सबैमाझ पृथक बिचार र राम्रो कार्यको थालनी बाट सिक्ने र गरेर देखाउनेमा दुइ मत छैन |

स्मरण रहोस् : नारी आवाज सस्था इजरायलबाट अपाङ्ग सहयोगका लागि नेरु एक लाख रुपैयाँ सहयोग गर्ने बचन बद्दता नारी आवाजका नेहा गुरुङले कार्यक्रमको उद्घोसनका क्रममा बताउनु भएको थियो ।


उक्त कार्यक्रमको भिडियो हेर्नुहोस :

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]