भ्याट छली गर्ने व्यापारीहरुलाई कारबाही गरिने अर्थमन्त्रीको दृढता


YYY
१८ कार्तिक, काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले भ्याट छली गर्ने व्यापारीहरुलाई कुनै पनि हालतमा नछाडिने बताउनुभएको छ । आजकाठमाडौम साक्षात्कारमा अर्थमन्त्री पुनले भ्याट छली गर्नु भनेको खोटा नोटको कारोबार गर्नुजस्तै भएकाले सरकारले उनीहरुलाई कारवाही गरेरै छाड्ने दृढता दिनुभयो ।

उहाँले नक्कली प्रज्ञापनपत्र खडा गरेर भारतीय रुपैयाँको तस्करी गर्नेहरुमाथि पनि कानुनअनुसार कारवाही गरिने बताउनुभयो। इमान्दारीपूर्वक व्यापार व्यवसाय गर्नेहरुलाई सरकार सहयोग गर्न तयार रहेको बताउनुहुँदै उहाँले व्यवसायको नाममा राजस्व छल्नेलाई आर्थिक अपराधीको रुपमा लिदै उसको व्यापार व्यवसायसम्म जफत गर्न सरकार पछि नपर्ने बताउनुभयो।

अर्थमन्त्री पुनलेराजस्व छली गर्ने व्यापारी मात्र नभई छली कार्यमा सहयोग गर्ने सरकारी कर्मचारीहरु पनि अनुसन्धानको क्रममा रहेकाले दोषी देखिए उनीहरुलाई पनि कारवाही गरिने बताउनुभयो। भ्याट बिलको दुरुपयोग गर्नेहरुको फेहरिस्त तयार भइरहेको बताउनुहुँदै मन्त्री पुनले पहिले सार्वजनिक भएका भन्दा बढीको लिष्ट पनि आवश्यकताअनुसार सार्वजनिक गरिने बताउनुभयो ।

कर छली गर्नेहरुको नाम सार्वजनिक भएपछि केही व्यापारीहरु आफूले गरेको गल्तीको प्रायश्चित्त गर्न आएको र बिगो बराबरको रकम तिर्ने अवस्थामा रहेको पनि उहाँले सो अवसरमा बताउनुभयो । मङ्गलबार राजनीतिक दलहरुबीचमा भएको सात बुँदे सहमतिले शेयर बजारमा पनि उत्साह थपिएको बताउँदै उहाँले राजनीतिक स्थायित्व भए देशले आर्थिक क्रान्ति गर्न सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]