राजेश हमालसँग आज प्रहरीले सोधपुछ गर्ने


YYY


२२ कात्तिक । प्रहरीले चलचित्र अभिनेता राजेश हमाललाई मंगलबार सोधपुछका लागि बोलाउने भएको छ ।

आफू राजेशकी पत्नी भएको दाबी गर्दै एक महिला आइतबार महानगरीय प्रहरी परिसर हनुमानढोका पुगेपछि त्यसबारे बुझ्न प्रहरीले उनलाई बोलाउन लागेको हो । ‘घटनाको यथार्थ पत्ता लगाउन राजेशलाई बोलाउने भएका छौँ’, परिसर प्रमुख राजेन्द्र श्रेष्ठले भने । आफूलाई नेपाल प्रहरीको हवल्दार दाबी गर्दै ३० वर्षीया बालकुमारी अधिकारी राजेश आफ्नो पति भएको र तीन छोराछोरीसमेत भएकाले नाताकायमको माग गर्दै उजुरी दिन महानगरीय प्रहरी परिसर पुगेकी थिइन् । बालकुमारीले राजेशसँग २०५२ साला भेट भएको बताएकी छन् । उनले हाल आफू चितवन ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहेको बताएकी छन् । चितवन प्रहरीले पनि इलाका प्रहरी कार्यालय चनौलीमा काजमा हवल्दार अधिकारी पछिल्लो एक सातादेखि कार्यालयमा उपश्थित नभएको जनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको समाचारमा लेखिएको छ, ‘ती बालकुमारी हुन वा होइनन् भन्ने अनुसन्धान गरिरहेका छौँ’, जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकारीले भने ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]