सार्क शिखर सम्मेलनमा प्रधानमन्त्री डा.भट्टराईले सम्बोधन गर्दै


YYY
२४ कातिएक् माले । दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कको शिखर मम्मेलन आजबाट माल्दिभ्सको मुख्य शहर अड्डुमा सुरु हुँदैछ । ‘बिल्डिङ ब्रिजेज’ नाराका साथ सुरु हुने १७औँ शिखर सम्मेलनमा सार्क राष्ट्रहरु बीच रहेको आपसी राजनीतिक मतभेदलाई हटाइ सार्कलाई मित्रराष्ट्रहरुबीचको आपसी हितका बारेमा छलफल हुन राष्ट्र प्रमुखहरुले जोड दिएका छन ।

दक्षिण एसियाली मुलुकको गरिबी घटाइ शान्ति र समृद्धि निर्माण गर्ने उद्देश्यले स्थापना भएको सार्कको ३४ औं मन्त्रिपरिषद्को बैठकले सार्क सचिवालयलाई थप अधिकार प्रत्यायोजन गर्ने हिजोको बैठकले निर्णय गरेको छ ।

११ सदस्यीय टोली लिएर माल्दिभ्स पुग्नु भएका प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सार्क सम्मेलनमा आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै, मित्रराष्ट्रका समकक्षीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल र सार्क राष्ट्रबीचको आपसी हितका विषयमा छलफल गर्ने प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामरिझन यादबले बताउनुभयो ।

सम्मेलनले भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार गर्ने पनि विश्वास व्यक्त गरिएको छ । भारतका प्रधानमन्त्री डा.मनमोहन सिंह र उनका समकक्षी युसुफ रजा गिलानीकाबीचमा सार्क सम्मेलनको मौका पारेर भेटवार्ता हुन लागेको छ ।
सम्मेलन भोलि सकिने छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]