निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल


YYY
पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टले सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागेको जानकारी दिनुभएको छ ।

काठमाडौंमा आज भएको कार्यक्रममा मन्त्री विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरिक विमानस्थलमा परिणत गरी यसको विकल्पमा बाराको निजगढ विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न लागिएको जानकारी दिनुभयो ।

उहाले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले जहाज र पर्यटकको चाप थेग्न नसकेकोले त्रिभुवन विमानस्थलको विकल्प खोजिएको बताउनुभयो । उहा“ले क्षेत्रीय विमानस्थल निर्माण कार्यलाई तिव्रता दिइने पनि बताउनुभयो ।

मन्त्री विष्टले पर्यटन वर्ष २०११ मा लक्ष्य अनुसार पर्यटक नआए पनि सापेक्षित रुपमा भ्रमण वर्ष सफल भएको दाबी गर्नुभयो ।

उहाले पर्यटन वर्षको अन्त्यसगै सरकारले पर्यटन दशकको घोषणा गर्ने पनि जानकारी दिनुभयो ।

मन्त्री विष्टले सभासद् बालकृष्ण ढुंगेललाई आम माफी दिन सरकारले राष्ट्रपति समक्ष गरेको सिफारीसका विषय सहमतिकै आधारमा समाधान गरिने बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]