सरकार दण्डहिन हुदैछ - प्रकाशमान सिंह


YYY
२६ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले व्यक्ति हत्याको अभियोगमा अदातलबाट सर्वस्वहरणसहित आजीवन कारावासको सजाय सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णय गरेर सरकारले दण्डहीनतालाई प्रश्रय दिएको गरेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस किर्तिपुरले आज आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री सिंहले विधिको शासनको सम्मान गर्दै तत्काल निर्णय सच्याउन माग गर्नुभयो । सिंहले सरकारले निर्णय फिर्ता नलिए देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिनुभयो । शान्ति र संविधान लेखनको काम अघि बढाउन सहमतिको वातावरण बनिरहेका बेला सरकारले अदातलबाट दोषी किटान गरिएका सभासद् ढुंगेललाई उन्मुक्ति दिने निर्णय गरेर सहमतिको वातावरण बिथोल्न खोजेको सिंहको आरोप छ ।

मितव्ययीताका लागि भन्दै मुस्ताङ गाडी चढ्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जम्बो मन्त्रिमण्डल बनाएर राष्ट्रिय ढुकुटी रित्याउन खोजेको सिंहको भनाइ थियो । सिंहले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गम्भीर मानवअधिकार उल्लङ्घनको घटनामा संलग्न व्यक्तिहरुलाई मन्त्री नियुक्त गरेर मानवअधिकारको खिल्ली उडाउने काम गरेको आरोप लगाउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]