गायक सुगम पोखे्रललाई अभिनन्दन


YYY


मोरङसुनसरी प्रवासी सेवा समाज, दोहा कतारले सांगितिक प्रस्तुतीको क्रममा कतारमा रहेका गायक सुगम पोखे्रललाई अभिनन्दन गरेकोछ । दोहा स्थित टप फर्म रेष्टुरेन्टमा आयोजित कार्यक्रममा गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्न्वय परिषद सचिब टि. बि. कार्की, गायक सुगम पोख्रे्रल, संस्थाका सल्लाहकारद्धय सुवास गौतम तथा उमेश अधिकारी, संस्थापक चानक पोख्रेल लगाएत मोरङसुनसरी प्रवासी सेवा समाजका पदाधिकारीहरु, सदस्यहरु लगाएत विभिन्न संघ संस्था सम्बद्ध महानुभावहरुको उपस्थिती रहेको थियो ।

अध्यक्ष गोकुलबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि श्री टि. बि. कार्की तथा अध्यक्ष श्री गोकुलबहादुर थापाले खादा तथा अभिनन्दन पत्र द्धारा अभिनन्दन गर्नु भएको थियो । गायक पोख्रेलले प्रवासमा आफ्नो जिल्लाको संस्थाले सम्मानित गरेकोमा खुशि व्यक्त गर्दे सो प्रगतिको कामना गर्नुभयो । त्यसै गरि संस्थापक चानक पोख्रेल तथा प्रमुख अतिथि टि. बि. कार्कीले आ आफ्नो मनतव्य राख्दै संस्थाले प्रवासमा गायक पोख्रललाई कला, साहित्य तथा प्रतिभालाइ सदैव सम्मान गर्ने गरेको बताउदै गायक पोख्रेलको सांगितिक जिवनको प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]