नेपालको कुल वैदेशिक व्यापारमा वृद्धि


YYY
१८ कात्तिक, काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी उत्पादनको माग बढेपछि नेपालको कुल वैदेशिक व्यापार गत वर्षको तुलनामा वृद्वि भएको छ । आर्थिक वर्ष २०६७/२०६८ को अवधिमा नेपालको कुल वैदेशिक व्यापार चार खर्व ६२ अर्व १० करोड रुपियाँ रहेको छ । यो गत आर्थिक वर्षको तुलनामा ५.९ प्रतिशतले वृद्वि भएको व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०६६/२०६७ मा चार खर्व ३६ अर्व ५६ करोड रुपियाँ बराबरको कुल वैदेशिक व्यापार भएको थियो । व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार पछिल्लो एक दशकको तथ्याङ्क हेर्दा वैदेशिक व्यापारमा सुधार हुदै आएको छ । त्यसैगरी कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १४ प्रतिशत र ८६ प्रतिशत रहेको छ भने गत वर्षको तुलनामा नेपालको कुल निकासीमा ५.९ प्रतिशत र कुल पैठारीमा ५.८ प्रतिशतले बढेको तथ्याङ्क छ ।

गत एक वर्षको अवधिमा नेपालबाट ऊनीबाट बन्ने सम्पूर्ण सामग्री, गलैचा, तयारी पोशाक, मुसुरोको दाल, पेलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तीनका उत्पादनहरू निकासी भएका थिए । त्यसैगरी, हस्तकलाका सामानहरू, चाँदीका गरगहना, चाउचाउ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, सुपारी, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटीलगायतका सामग्रीको निकासी भएको प्रबर्द्धन केन्द्रले जनाएको छ ।अघिल्लो वर्षको सोही अवधिको तुलनामा पोलिष्टर तथा धागोमा १८.५ प्रतिशतले वृद्वि भई पाँच अर्व रुपियाँ, फलाम तथा स्टील र तिनका उत्पादनमा निर्यातमा एक प्रतिशत वृद्वि भई १० अर्व रुपियाँ पुगेको छ ।

फलाम तथा स्टील र तिनका उत्पादनहरूको निर्यातमा १.० प्रतिशतले वृद्धि भई रु.१० अर्व, पोलिष्टर तथा अन्य धागोमा १८.५ प्रतिशतले वृद्धिभई रु.५ अर्व, मुसुरोको दालमा १०.६ प्रतिशतले ह्रास आई रु तीन अर्व भएको केन्द्रले जनाएको छ । त्यसैगरी तयारी पोशाको नियार्तमा ८.७ प्रतिशतले वृद्वि भई चार अर्व रुपियाँ, ८० करोड रुपियाको छाला, दुई अर्व रुपियााको अलैची, २८ करोड रुपियााको अदुवा, ७० करोड रुपियााको चाउचाऊ, ७१ करोड रुपियााको जडिवुटि निकासी भएको छ ।

रु.९८ करोडको टुथपेष्ट, तीन अर्व ७० करोड रुपैयाँको टेक्सटाइल, ५२ करोड रुपियाँको हस्तकलाका सामान, ४६ करोड रुपियाँको नेपाली हातेकागज, छ करोड २९ हजार रुपियाँको तरकारीलगायत निकासी भएको थियो । ऊनी गलैचा निर्यात भएका प्रमुख देशहरू संयुक्त राज्य अमेरिका, जर्मनी, भारत, युके, अष्ट्रेलिया, क्यानडा बेल्जियम, जापानलगायत रहेका छन् । यसैगरी तयारी पोशाकको प्रमुख बजारमा अमेरिका, जर्मनी, युके, फ्रान्स, क्यानडा रहेको छ ।

नेपालको कुल वैदेशिक व्यापारमा वृद्वि भएपनि व्यापार घाटा निरन्तररुपमा वृद्वि भएको व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका कार्यकारी निर्देशक रमेशकुमार श्रेष्ठले बताउनुभयो । नेपाली उत्पादनको माग अत्याधिक बढिरहेको अवस्थामा बन्द, हडताल घटाउन सके व्यापार घाटा रोक्न सक्ने उहााको तर्क रहेको छ । यसका साथै व्यापार घाटा कम गर्न व्यापार तथा निकासी प्रवर्द्वन केन्द्र तथा कृषि मन्त्रालयले सयुक्तरुपमा कृषि प्रोडक्टसम्बधी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको समेत निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हस्तकलाका सामानका मुख्य बजारमा संयुक्त राज्य अमेरिका, जर्मनी, फ्रान्स, जापान र क्यानडा, चाँदीको गरगहनाको प्रमुख बजारमा संयुक्त राज्य अमेरिका, जापान, जर्मनी, नेदरलेण्ड्स, इटाली र क्यानडा, चाऊचाऊको प्रमुख बजारमा भारत, चीन तथा भुटान रहेको छ । त्यसैगरी मुसुरोका दालको प्रमुख बजारमा बङ्गलादेश, संयुक्त राज्य अमेरिका श्रीलङ्का, मलेशिया, छालाका प्रमुख बजारमा इटाली र भारत तथा चियाको प्रमुख बजारमा भारत र जर्मनी रहेको छ । अन्य वस्तुजस्तै टेक्सटाइल, पोलिष्टर तथा अन्य यार्न, फलाम तथा स्टील तिनका उत्पादनहरू, अलैची, टुथपेष्ट, सुपारी, जुस, अदुवा आदिको प्रमुख बजारका रुपमा भारत रहेको छ । रासस

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]