युएईमा प्रथम सहिद लखन थापा मगर १३५ औं स्मृति कप भलिबल प्रतियोगिता सम्पन्न


YYY
दुबई - नेपाली मगर संघ यूएईको वार्षिक कार्यक्रम अन्तर्गत यूएईमा प्रथम सहीद लखन थापामगर स्मृति कप भलिबल प्रतियोगीता सफलता पूर्वक सम्पन्न भएको छ। मगरहरुको मिनाम ल्हेस (नयाँ बर्ष) र मुस्लिमहरुको दोश्रो महान चाड बकरी ईदको अवसर पारेर संघको दुबई क्षेत्र समितिको आयोजनामा दुबईस्थित अलकुजको बलदिया खेल मैदानमा प्रतियोगीता सम्पन्न भयो ।


६ नोभेम्बर,२०११ देखि अलकुज दुबई स्थित बलदिया खेल मैदानमा भएको युएईव्यापी भलिबल खेल ७ नोभेम्बरमा सम्पन्न भएको छ । प्रथम सहिद लखन थापा मगरको स्मृतिमा नेपाली मगर संघ दुबई क्षेत्रीय समिती युएईद्वारा आयोजित प्रतियोगितात्मक खेलमा जम्मा २२ टिमले भाग लिएका थिए।


भलिवल खेल प्रतियोगिताको उद्घघाटनको समयमा नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष गिरमान थापा मगर प्रमुख अतिथी रहनु भएको थियो भने अन्य अतिथीहरुमा नेपाल आदिवासी जनजाती महासंघ युएईका प्रथम उपाध्यक्ष डी.आर. गुरुङ, नेपाली समाजका कार्यवाहक अध्यक्ष भरत राना मगर, एन आर एन युएईका सचिव गोपाल कंडेल, कियाचु, युएईका अध्यक्ष पि. यस. लिम्बु, तमु समाज युएईका महासचिव भोज राज घले, नेपालली मगर संघ युएईका कार्यवाहक अध्यक्ष नुन प्रसाद सोमै मगर लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु र उपस्थित जनसमुदायहरु रहेका थिए।

आयोजक समितिका अध्यक्ष खेम रासकोटी मगरको सभापतित्वमा औपचारिक रुपमा उद्घाटनको बेला बोल्ने क्रममा मगर संघ युएईका कार्य वाहक अध्यक्ष नुन प्रसाद सोमै मगरले सहभागी खेलाडी टिमहरु प्रमुख अतिथि, अतिथीहरु र उपस्थित सबैलाई हार्दिक आभार व्यक्त गर्नुका साथै आयोजक समितिलाई पनि बिशेष धन्यवाद दिनु भएको थियो। त्यस्तै गरी प्रमुख अतिथी गिरमान थापा मगरले प्रथम शहिद लखन थापा मगर स्मृति कप भलिवल प्रतियोगीताको पहिलो खेलमा आफु एक खेलाडीको रुपमा सहभागी भएको र आज आएर यो प्रतियोतामा आफु प्रमुख अतिथीको रुपमा उपस्थित हुँदाको यो कस्तो संयोग हो भनेर अलि भावुक पनि हुनु भएको थियो । उहाँले आयोजक शाखाको प्रसंसा गर्दै निरन्तरताको कामना पनि गर्नुभयो। उदघाटन कार्यक्रम संचालन नेपाली मगर संघ युएईका संगठन बिभाग प्रमुक चन्द्र विक्रम सारु मगरले गर्नु भएको थियो ।

२२ टीमको सहभागिता रहेको उक्त जम्बो भलिबल प्रतियोगिता २ दिन सम्म राति अबेर ११:३० बजे सम्म नेपाली मगर संघ युएईका भू.पु. केन्द्रीय सचिव धनेन्द्र मास्की राना मगरले आफ्नो कुशल कमेन्ट्रीका साथ गर्नु भएको थियो भने गणेश थापा मगर र यम पुन मगरले रेफ्रीको भूमिका निर्भाह गरेका थिए।

यसरी ६ नोभेम्बरबाट सुरु भएको खेल ७ नोभेम्बर राति करिब ११:३० बजे सम्पन्न भएको थियो । उत्कृष्ट खेल प्रदर्शन गर्दै फाईनलमा पुगेका डुलुस्को र तमु समाज युएई बीचको खेलमा तमु समाज युएई टिमले प्रथम स्थान हासिल गरेको थियो भने डुलुस्कोले दोश्रो स्थानमा चित्त बुझाएको थियो । प्रतियोगितामा बाग्लुङ ढोरपाटन तेश्रो भएको थियो । खेल अवधीभर अत्यधिक कुशल खेल प्रदर्शन गरेर आफ्नो टिमलाई प्रथम ट्रफी चुम्न सफल तुल्याउने तमु समाज युएईका शोलेन्द्र गुरुङले उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए । उत्कृष्ट खेलाडीलाई नेपाल आदीवासी जनजाती महाससंघ युएईको तर्फबाट कप तथा प्रमाण पत्रद्वारा महासंघका प्रथम उपाध्यक्ष डिआर गुरुङले सम्मान गर्नुभएको थियो।

खेल समप्ती लगतै आयोजित पुरस्कार बितरण समरोहमा विजयी खेलाडिहरुलाई प्रमुख अतिथी नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष गिरमान थापा मगर, नेपाली समाज युएईका कार्यवाहक अध्यक्ष भरत राना मगर, नेपाल आदिवासी जनजाती महासंघका प्रथम उपाध्यक्ष डिआर गुरुङ, एन आर एन युएईका उपाध्यक्ष मनोज श्रेष्ठ, नेपाली मगर संघ युएइका कार्यवाहक अध्यक्ष नुन प्रसाद सोमै मगर, तमु समाज युएईका महासचिव भोज राज घले, पुरस्कार बितरण समरोहका सभापति खेम रासकोटी मगर, कार्यक्रम संयोजक सुबास सारु मगरले रोलक्रम अनुसार विजयी टिम तथा खेलाडीहरुलाई, कप, मेडल, प्रमाण पत्र र नगद वितरण गरिएको थियो । पुरस्कार बितरण समारोहको संचालन नेपाली मगर संघ युएइका केन्द्रिय कोसाध्यक्ष उपेन्द्र राना मगरले गर्नु भएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]