अब प्रधानमन्त्री बन्ने पालो मेरोः रामचन्द्र पौडेल


YYY
२२ कात्तिक, तनहुँ । नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले बाबुराम भट्टराईपछि प्रधानमन्त्री हुने पालो आफ्नो भएको बताएका छन् ।

गृहजिल्ला तनहुँको मदौलीमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै पोडेलले कात्तिक १४ अगावै वर्तमान प्रधानमन्त्री भट्टराईले राजीनामा दिनुपर्ने र आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने दाबी गरे । आफू संसदीय दलको नेता भएकाले प्रधानमन्त्री बन्नबाट कसैले छेक्न नसक्ने उनको जिकिर थियो । कांग्रेसकै अगुवाइमा शान्तिप्रक्रियाको सुरुआत र संविधानसभाको निर्वाचन भएको दाबी गर्दै पौडेलले त्यसलाई निष्कर्षमा पुर्‍याउन पनि कांग्रेसै नेतृत्व जरुरी रहेको तर्क गरे ।

पौडेलले सातबुँदे सहमतिअनुसार प्रधानमन्त्री भट्टराईले आउँदो कात्तिक १४ अगावै पदबाट राजीनामा दिनुपर्ने बताए । राजीनामा दिने बेलामा प्रधानन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै पौडेलले आपत्ति जनाए । आफ्ना निष्कटष्ठलाई खुसी पार्न केही समयमा लागि सरकारमा भर्ती गरेर प्रधानमन्त्रीले खुसी पार्न खोजेको पौडेलको आरोप थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]