‘माओवादीका १०५ सभासद् सहित ७ सय नेतालाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारी ‘


YYY
२८ कार्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादीका नेता अग्नी सापकोटाले प्रतिपक्षमा रहेको पीडाले कांग्रेस र एमालेले तथा उसकाले उचाले अधिकारवादीको खोल ओढ्नेहरू परिवर्तनलाई पछि धकेल्न लगिपरेको बताउनु भएको छ ।

काठमाडौमा आज भएको कार्यक्रममा माओवादी नेता सापकोटाले जनताको भावना विपरित परिवर्तलाई तुहाउन खोज्नेहरूलाई जनताले सफल हुन नदिने चेतावनी दिनुभयो ।

पूर्व मन्त्री समेत रहनु भएका नेता सापकोटाले मानवअधिकारको खोल ओढेकाहरूले माओवादीका एक सय पाच सभासद्सहित सात सय नेतालाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारी गरेको प्रमाण आफूसग भएको दाबी गर्नु भयो ।

उहाँले डलरको खेति गर्नेहरुले पारस साहले भने जस्तै एनजीओ र आइएनजीओले मुलुक बर्बाद गर्न लागेकोले त्यसो गरे जनताले महंगो मुल्य चुकाएर भएपनि प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]