प्रधानमन्त्रीले दिए चर्को अभिव्यक्ति - सत्ता नपाउदा कांग्रेस र एमाले छटपटाउन थाले I


YYY

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस र एमाले सत्तामा पुग्न नसकिने भयो भन्दै आत्तिएको बताएका छन् ।

प्रधानमन्त्री भट्टराईले माओवादी र मधेसवादी मिलेपछि कुनै हालतमा सरकार नढल्ने देखेर उनीहरु आत्तिएको बताए । उनले सभाषद बालकृष्ण ढुंगेलको आममाफीको विषय र मन्त्री परिषद विस्तार पनि उनीहरुले अनावश्यक रुपमा चर्काएको जनाए ।

आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले दुई महिना एमाले कांग्रेस सत्ता बाहिर बस्दा पानी बिनाको माछो जस्तै भएको भन्दै सत्ता बाहिर बस्दा पानीमा रहेको माछो बाहिर आउँदा जसरी छटपटिन्छ एमालेमा त्यस्तै भएको बताए ।
प्रधानमन्त्रीले सर्वोच्चले फैसला सुनाइसकेको अवस्थामा ढुंगेललाई आममाफीको विकल्प नभएको भन्दै प्रधानमन्त्री भट्टराईले दलहरुले यसलाई अनावश्यक ढंगले उचालेकोविचार व्यक्त समेत गरे ।
रधनमन्त्री भट्टराईले मन्त्रीहरुले अनियमितता र भ्रष्टाचार गर्लान् की भन्नेमा आफू समेत रहेको बताउँदै अनियमितता र भ्रष्टाचार गर्नेलाई तुरुन्त कारबाही हुने जनाए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]