मङ्सिर ७ गतेसम्म सरकार ढल्छ - शशाङ्क कोइराला


YYY
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइरालाले सातबुँदे सहमतिअनुसार मङ्सिर ७ गतेसम्म माओवादीले कब्जा घरजग्गा फिर्ता नगरे वर्तमान माओवादी नेतृत्वको सरकार ढल्ने चेतावनी दिएका छन्।

प्रेस युनियन दाङले दाङको गढवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बाह्रबुँदे विस्तृत शान्ति सम्झौतादेखि सातबुँदे सहमतिसम्म आइपुग्दा पनि माओवादीमा परिर्वतन नआएको दाबी गर्दै अब पनि नसच्चिए काँग्रेस चुप लागेर नबस्ने बताए।

शान्ति प्रक्रिया तार्किक निष्कर्षमा नपुर्‍याई नयाँ संविधान जारी हुन नसक्ने ठोकुवा गर्दै नेता कोइरालाले सेना समायोजन, कब्जा घरजग्गाको फिर्ता, बिनाकुनै पनि हालतमा नयाँ संविधान बन्न नसक्ने बताए। एक अर्को प्रशङ्गमा बोल्दै नेता कोइरालाले काँग्रेसभित्र व्यक्तिवादी चरित्र हावी भएका कारण पार्टीभित्र विवाद उत्पन्न भएको बताउँदै विवाद समाधानका लागि आवश्यक पहल भइरहेको पनि बताए।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]