माओवादीको दुबै पक्ष रणनीति बनाउँदै, केन्द्रीय समिति भोलिबाट


YYY
१६ कार्तिक, काठमाडौं । पार्टीको आन्तरिक विवाद समाधानका लागि एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बिहीबारबाट सुरु हुँदैछ । बैठकमा मधेसी मोर्चासँग भएको चारबुँदे सहमति, कन्टेनरको साँचो बुझाएपछि उत्पन्न विवाद, भारतसँग भएको बिपा सम्झौता र दलहरुबीच भएको सातबुँँदे सहमति लगायतका विषयमा छलफल हुनेछ ।

बैठकको तयारी स्वरुप संस्थापन र मोहन बैद्य पक्ष आन्तरिक छलफलमा व्यस्त छन् । संस्थापन पक्षका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ छलफल भएको छ । श्रोतका अनुसार संस्थापन पक्षले चारबुँदेदेखि सातबुँदेसम्म भएका सहमति तथा निर्णयहरुको प्रतिपक्षा गर्ने रणनीति अख्तियार गरेको छ । साथै पार्टी नेतृत्वविरुद्ध सडक आन्दोलन गर्दै आएको बैद्य पक्षलाई कारवाही नभई सचेत गराउने उनीहरुको रणनीति छ ।

बैद्य पक्षले भने चारबुँदेदेखि अहिलेसम्म भएका सहमति तथा पार्टी नेतृत्वको अडा विरोध गर्ने भएको छ । मंगलबार ठमेलमा भएको बैद्य पक्षीय केन्द्रीय सदस्यहरुको छलफलले चारबुँदे, बिपा र सातबुँदे खारेजका लागि सशत्त आबाज उठाउने निर्णय गरेको पोलिटव्युरो सदस्य धमेन्द्र बास्तोलाले अनलाइनखबरलाई जानकारी दिनुभयो । बैद्य पक्षले अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक दस्तावेजका आधारमा थप रणनीति तय गर्ने बताएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]