सूर्यलाई अर्घ दिई छठ पर्वको समापन


YYY




जनकपुरधाम, १६ कात्तिक । आस्थाको महा पर्व छठअन्तर्गत आज चौथो दिन व्रतालुहरूले बिहानपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरे । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्वको समापन गरिने परम्परा रहेको छ ।


सप्तमीका दिन व्रतालुहरू बिहानपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेपछि प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन्, जसलाई ‘पारन’ भनिन्छ ।

व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, अरगजा, रुक्मिनीसर र अग्निकुण्डलगायतका पोखरीको डिलमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल, पूजा सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई चढाएका थिए । सूर्यको आराधनाबाट चर्मरोग निको हुनाका साथै सन्तान र धनप्राप्ति हुने विश्वास रहेको छ ।

आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषीय तथ्यहरू पनि पाइन्छ । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको उल्लेख छ । जीवनदायी शक्ति सूर्य देवता र छठी माताको आराधना गरिने यस पर्वप्रति सबैको समान श्रद्धा देखिन्छ । यो करुणा, आस्था, त्याग र श्रद्धा पोख्ने र समाधिमा बस्ने सामूहिक पर्व हो ।

यो पर्वको महिमा नै साना(ठूला जाति, धर्मजस्तो सङ्कुचित भावनालाई भुलेर सबैले श्रद्धाले छठ प्रसाद ग्रहण गरुन् भत्रे हो ।

बेहुलीझँै सजिएका कुण्ड, पोखरी र तलाउमा आज बिहान नव वस्त्रमा सजिएका श्रद्धालुहरूको भीड पनि हेर्ने लायकको थियो । रासस

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]