सुनको मूल्यमा नयाँ रेकर्ड कायम


YYY



डिसीनेपाल - मंगलबार स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन १ हजारले बढेर ५४ हजार ७ सयमा कारोबार भयो। सोमबार छापावाल सुनको मूल्य ५३ हजार ७ सय रुपैयाँ थियो। यसैगरी तेजावी सुनको मूल्य एकै दिन एक हजारले बढेर ५४ हजार ४ सय ९० कायम भएको छ। सोमबार तेजावी सुनको मूल्य ५३ हजार ४ सय ९० थियो। यस्तै चाँदीको मूल्य १० रुपैयाँ बृद्धि भई एक हजार १ सय १० रुपैयाँ कायम भएको छ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]