धादिङको दामेचौरमा दुई वटा गाडी जलाईयो


YYY
 बन्दका क्रममा गाडी चलाएको भन्दै संयुक्त जातीय मुक्ति मोर्चाका कार्यकर्ताले धादिङको तसर्पु गाविस-९ स्थित दामेचौरमा दुई वटा गाडी जलाएका छन्।

वीरगन्ज भन्सारबाट काठमाडौं आउँदै गरेको नम्बर प्लेट नराखिएको अन टेष्ट कार आज दिउँसो त्रिभुवन राजपथ अन्तर्गत 
दामेचौरमा जलाइएको प्रहरीले जनाएको छ।

स्थानीयबासीले १०\१२ जनाको सङ्ख्यामा आएका मोर्चाका कार्यकर्ताले सडकमा गाडी रोकेर आगो लगाएको स्थानीयबासीले बताए। मोर्चाले आज धादिङ बन्दको आह्वान गरेको थियो।

दामेचौरबाहेक अन्य स्थानमा बन्दको प्रभाव नपरेको बताईएको छ। पृथ्वी राजमार्ग र कालु पाण्डे मार्गमा सवारी साविकबमोजिम चलेको जानकारीमा आएको छ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]