ब्रुनाईमा दिपक लिम्बुको सांगितिक कार्यक्रम - गोर्खालीहरुलाई भब्य नचाए ।


YYY
ब्रुनाई, १५ नोभेम्बर ११,
नेपाली तारा विजेता दिपक लिम्बुले सेरिया ब्रुनाईका गुर्खालीहरुलाई भब्य नचाए ।
वेलायती सेनामा सेवारत गोर्खालीहरु अफगानिस्तानको युद्ध मैदानमा ६ महिना खटेर फर्केको अवसरमा उनीहरुको स्वागतार्थ आयोजना गरिएको भब्य लाइभ कन्सर्टमा पूरै ग्यारिजनका सदस्यहरुको उपस्थिती झण्डै २ हजारको हाराहारीमा थियो ।
चर्चित पाश्र्व गायक दिपक लिम्बुले झण्डै एक दर्जन उनका लोकप्रिय गीतहरु गाएर दर्शकहरुलाई उफारेका थिए भने जितु नेपाल मुन्द्रे, इन्दिरा जोशि, सौजन्य सुब्बा लगायत ५ जना नेपालका कलाकारहरुको प्रस्तुती अत्यन्तै मनोरन्जपूर्ण रहेको थियो । स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहेको कार्यक्रम जति रात वित्दै गएको थियो त्यति नै तात्दै गएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]