इजरायलका लागि २ सय ६ एजेन्सी सूचीकृत, सूचीकरणमा पार्न आर्थिक चलखेल


YYY
बैदेशिक रोजगार बिभागले इजरायल पठाउन आबेदन दिएका मध्ये २ सय ६ म्यानपावर कम्पनीलाई सूचीकृत गरेको छ ।

२ सय ४५ कम्पनीले आबेदन दिएकोमा बिभागले छानविन गरि आइतवार २ सय ६ कम्पनीको सूची प्रकाशन गरेको हो ।

बिगतमा इजराय कामदार पठाउँदा कारोवार रोक्का भएका र इजरायली दूतावासले कारवाहीका लागि सिफारिस गरेका म्यानपावर पनि सूचीकरणमा परेका छन् । सूचीकरणमा परेका म्यानपावरले ५ हजार दस्तुर तिरेर प्रमाणपत्र लिएपछि इजरायल कामदार पठाउन सक्ने बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले जानकारी दिए ।

सूचीकरणमा पार्न कर्मचारीले आर्थिक चलखेल गरेको समाचार सार्वजनिक भएपछि बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले छानविन गरि सूची प्रकाशन गरेका हुन् । सूची प्रकाशन हुने मिति आउनै लाग्दा सूचीमा पार्न भन्दै केही ब्यबसायीले बिभागका कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको बताइएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]