प्रधानमन्त्री डा.भट्टराई सहित सबै सार्क देशमा प्रमुखहरु अड्डुमा


YYY
२३ कार्तिक, एजेन्सी । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १७ औं सम्मेलनमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व जनाउनु भएका प्रधानमन्त्री डा.बाबुराम भट्टराई र उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सम्मेलनस्थल माल्दिभ्सको दोस्रो ठूलो शहर अड्डुमा रहनुभएको छ ।

भोलिबाट सुरु हुने सम्मेलनका लागि प्रधानमन्त्री डा.भट्टराई आज मध्यान्ह ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै अड्डुमा आइपुग्नु भएको हो माल्दिभ्स अबतरण गर्ने क्रममा । उहाँलाई याँहाका राष्ट्रपति मोहमद नासिदले गान अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

सार्क सम्मेलनमा भाग लिन माल्दिभ्सको अड्डुमा पाकिस्तानी प्रधानमन्त्री युसुफ रजा गिलानी, अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई र भूटानी प्रधानमन्त्री जिग्मे योसार थिन्ले पनि अड्डुमा आइपुग्नु भएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]