संसदीय पक्षमा नेपाली काँग्रेस


YYY
कात्तिक ३०,काठमाडौँ । नेपाली काँग्रेसले भावी संविधानमा संसदीय व्यवस्था नै रहनुपर्ने पक्षमा आफ्नो अडान राख्ने जानकारी दिएको छ ।

भावी संविधानमा कस्तो शासकीय स्वरुप रहने भन्ने विषयमा छलफल भइराखेको समयमा नेपाली काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै संसदबाट निर्वाचित गरिनुपर्ने भनाइ राखेको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सातौँ केन्द्रीय परिषद् बैठकको आज यहाँ उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय डा रामशरण महत र मानबहादुर विश्वकर्माले सो जानकारी दिनुभएको हो ।

“राष्ट्रपति र प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचनको पक्षमा आफ्नो पार्टी छैन, यदि यस्तो भएमा जनतामा निहित सार्वभौमसत्ता खतरामा रहन्छ”– उहाँहरुले भन्नुभयो ।

केन्द्रीय सदस्य विश्वकर्माले वर्तमान सरकारले हत्याका आरोपित बालकृष्ण ढुङ्गेलको मुद्दा फिर्ता लिने निर्णय गरेर विधिको शासनमाथि प्रहार गरेको आरोप लगाउनुभयो ।

अर्का केन्द्रीय सदस्य डा महतले जनताको पुँजी रहेको राष्ट्रिय वाणिज्य बंैकले जनअपेक्षाअनुरुप काम गर्न र आन्तरिक सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष नरहरि ढकालले बैंकको सम्पत्ति संरक्षण गर्न बैंक र एनआइडिसी गाभिन लागेको तथा वित्तीय सुधारका कार्यक्रमहरु ल्याउन लागिएको जानकारी दिनुभयो ।

सो अवसरमा बैंकमा लामो समयसम्म कार्यरत मीरा शर्मा, भरत श्रेष्ठ, हेमन्त न्यौपाने, कुमार अधिकारी र सुधाकर पाण्डेलाई सम्मान गरिएको थियो ।

नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष गणेश निरौला र नेपाल वित्तीय कर्मचारी सङ्घका अध्यक्ष गणेश केसीले वित्तीय संस्थाहरुमा रहेका टे«ड युनियनहरु व्यावसायिक भएका छन् तर सरकारबाट नियुक्त हुने व्यवस्थापक व्यावसायिक बन्न नसकेको बताउनुभयो ।

सङ्घका अध्यक्ष जितेन्द्रसिंह थापाले सरकार परिवर्तनसँगै बैंकमा कार्यकारी प्रमुख परिवर्तन हुने परम्पराले बैंकको आर्थिक अवस्था खस्कँदै गएको बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]