कम्युनिस्टहरु विचलन र अस्थिरतातर्फः प्रचण्ड


YYY
१८ कात्तिक, ललितपुर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरु साझा विचार निर्माण गर्नुको साटो विचलन र अस्थिरता ल्याउन लागिपरेको टिप्पणी गर्नु भएको छ ।

पार्टी सल्लाहकार एवं पुराना बामपन्थी नेता स्वर्गीय देवेन्द्रलाल श्रेष्ठ काइँला बाको १३ औँ पूण्य तिथिका अवसरमा शुक्रबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रचण्डले आम नेपाली जनताको आशा र भरोसा कम्युनिस्ट पार्टीमाथि रहेको भएपनि कम्युनिस्टहरु साझा विचार निर्माण गर्नुको साटो विचलन र अस्थिरता ल्याउन लागिपरेको टिप्पणी गर्नुभयो । स्वर्गीय काइँला बाको निरन्तर क्रान्ति, सङ्घर्ष र कुसल नेतृत्वले कम्युनिस्ट आन्दोलनको ऐतिहासिक मोडमा पुर्‍याएको उल्लेख गर्दै उहाँको चरित्र निष्ठालाई अनुसरण गर्दै पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यले काइँला बाको सरल जीवन र कुसल नेतृत्वले कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याई पुर्‍याएको उल्लेख गर्दै उहाँले देखाएको मार्गमा अघि बढ्नुपर्ने बताउनुभयो । स्वर्गीय काइँला बाको कात्तिक ६ गते ८८ वर्षको उमेरमा निधन भएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]