वैद्य पक्षले सेनालाई भने - 'समायोजन प्रक्रियामा सहभागी नहुनोस' I


YYY
माओवादी उपाध्यक्ष मोहनवैद्यपक्षले सेना समायोजनको प्रक्रियाबाट अलग रहन माओवादी लडाकुहरुलाई आग्रह गरेको छ । प्रमुख दलबीचको सहमति अनुसार विशेष समितिले समयोजन,पुनःस्थापना र सवैच्छिक अवकासको कार्ययोजना पारित गरेर कार्यान्वयनमा जाने तयारी गरेको बेला बैद्यपक्षले त्यस्तो अपिल गरेको छ ।

उपाध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै लडाकुका कमण्डर सहित सम्पूर्णलाई समायोजन लगायतका प्रक्रियामा सहभागी नहुन् आग्रह गरेका छन् । वक्तव्यमा भनिएको छ–‘सेना समायोजन सम्बन्धी सम्झौता जनमुक्ति सेनाका निम्ति अत्यन्तै अपमानजनक र शान्तिबिरोधी समेत भएकाले जनमुक्ति सेनाका कमाण्डर सहित सम्पूर्ण योद्धाहरुलाई यस प्रकारको

आत्मसमर्पणवादी प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन अपिल गर्दछौं ।’ वैद्य पक्षले प्रमुख दलबीच शान्ति प्रक्रियालाई पूर्णता दिन कात्तिक १५ गते भएको ७ बुँदे सहमतिको बिरोध गर्दै आएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]